Logo
२९ बैशाख २०८१, शनिबार
(April 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बेटी पढाओ, बेटी बचाओ’ अभियानको सहयोगार्थ छात्रालाई साइकल वितरण

बर्दिवास : भारतीय सीमावर्ती मटिहानी नगरपालिकामा ‘बेटी पढाओ, बेटी बचाओ’ अभियानको सहयोगार्थ छात्रालाई साइकल वितरण शुरु गरिएको छ ।

नगरका दलित, मुसलमान र पछि परेका जाति समुदायको बसोबास भएका सिमरदही, पर्सापतैलीसहितका बस्तीबाट माध्यमिक शिक्षा पढ्न जाने छात्रालाई साइकल दिइएको हो । अभियानको थालनी गर्दै जानकी महिला जागरण समाज जनकपुरले २ नं प्रदेश सरकारले घोषणा गरेको सो अभियानको सहयोगार्थ पहिलो चरणमा माध्यमिक तहमा अध्ययनरत दलित, मुस्लिम र आदिवासी जनजाति समुदायका २३ छात्रालाई मटिहानी नगरका प्रमुख हरिप्रसाद मण्डलले प्रदान गरे ।

यसअघि गत महिना २ नं प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले आफ्नो नेतृत्वको सरकारका प्राथमिकता र नीति कार्यक्रम सार्वजनिक गर्दै महिला सशक्तीकरणका लागि सो अभियान सञ्चालन गरिने घोषणा गरेका थिए ।

१४ इनार बन्ने
भंगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले खानेपानी र सिँचाइ प्रयोजनका १४ इनार निर्माणको आज शिलान्यास गरेका छन् ।

वर्षेनी खानेपानीको हाहाकार हुँदै आएको भंगाहा–४ रामनगर बस्तीमा प्रमुख साहले आर्थिक वर्ष २०७४/०७५ भित्रै बन्नेगरी इनारको शिलान्यास गरेका हुन् । प्रथम नगरसभाबाट पारित योजनानुसार खानेपानी र सिँचाइ प्रबन्धका लागि रामनगर बस्तीमा यसै आवभित्र बन्नेगरी इनार निर्माण शुरु गरिएको छ ।

प्रतिइनार निर्माणका लागि नगरपालिकाले रु एक लाख ९४ हजार विनियोजन गरेको भंगाहा–४ का वडाध्यक्ष अशोककुमार महतोले बताए । बस्तीमा निर्माण हुने ती इनारबाट ५६ बिघा जग्गामा सिँचाइ सुविधा पुग्ने र ६० घरपरिवारले खानेपानी सुविधा प्राप्त गर्ने नगरपालिकाको अपेक्षा छ ।

प्रकाशित मिति: Apr 9, 2018

प्रतिक्रिया दिनुहोस्