Logo
२४ बैशाख २०८१, सोमबार
(April 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बोलेरो दुर्घटना हुँदा तीनको मृत्यु

मेलम्ची : सिन्धुपाल्चोकमा गए राति बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको इलाक प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ ।

आइतबार बेलुका ८ बजे मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा१८प ४६९९ नंको बोलेरो गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा परी मुत्यु हुनेहरुमा ३५ वर्षीय चालक मेलम्ची नगरपालिका–९ ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षीय मोती अधिकारी र १२ वर्षीय बालक कमल स्याङ्बोको

घटनास्थलमा नै मृत्यु भएको मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताएका छन् । बढी लोड बोकेका कारण मोडमा ब्रेक नलागेर गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: Apr 9, 2018

प्रतिक्रिया दिनुहोस्