Logo
१९ बैशाख २०८१, बुधबार
(April 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अल्छी लागिरहन्छ भने यसरी हटाउनुहोस अल्छीपना

काठमाडौं :  हाम्रो एउटा बानी छ । जहाँ हामीलाई कुनैपनि काम गर्न अल्छी लागिरहन्छ। तत्काल गर्नुपर्ने काम एकछिन र भोली गरौँला भन्दै टार्ने हाम्रो बानी छ। यो भोलीवाद हाम्रो ठुलो कमजोरी हो।

अल्छी मान्छेले कहिल्यै सफलता पाउन सक्दैन । निराशावादी सोच नै अल्छीपना हो । यो अल्छी पना कसरी हटाउन सकिन्छ भन्ने विषयमा यस्तो तथ्य भेट्टिन्छ ।।।

१. बिस्तारै हिँड्ने बानी

बिहान उठेर भ्रमण गर्नु स्वास्थ्यका लागि आवश्यक कुरा हो। दौडिन अल्छी लाग्छ भने शुरुमा बिस्तारै हिँड्नुस्। दश मिनेट मात्र हिँडे पुग्छ। यसो गर्दा तपाईंको क्षमता बढ्छ र आलस्य भाग्छ।

२. ससाना ब्रेक
लामो समयसम्म बसेर गर्ने काम छ भने केही समयको अन्तरालमा छोटाछोटा ब्रेक लिनुस्। उदाहरणका लागि ४५ मिनेटपछि पाँच मिनेट जतिको ब्रेक लिनुस् । यसबीचमा अलिकति टहल्नुस् । लगातार काम गर्दा थाकेर अल्छी लाग्छ।

३. कामका बेलामा मोबाइल साइलेन्ट
आजकल मानिसहरू सामाजिक सञ्जालमा झुण्डिएर दिन बिताउँछन् । कामको समयमा पनि उनीहरू मोबाइलमा घरिघरि हेरिबस्छन् । यसो गर्दा काममा बाधा पुग्छ । काम गर्दा मोबाइलमा सामाजिक सञ्जाल बन्द गर्नुस् । ध्यान बाँडिदा पनि थकाइ लाग्छ।

४. प्रेरक व्यक्तिसँग समय बिताउने
अल्छी लागेर दिमागमा नकारात्मक कुरा आएका बेलामा आफ्ना साथीहरूसँग समय बिताउनुस् । केही सिक्न पाइने र तपाईंलाई प्रेरणा मिल्ने मानिसको संगतमा समय बिताउनुस्।

५. आफैंलाई मजबुत बनाउनुस्
अल्छीपना हटाउनका लागि अर्काले प्रेरित गरेर पुग्दैन । तपाईं आफैंले आफूलाई प्रेरित गर्नुपर्छ र मजबुत बनाउनुपर्छ।

प्रकाशित मिति: Apr 8, 2018

प्रतिक्रिया दिनुहोस्