Logo
१८ बैशाख २०८१, मंगलबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निरोगी, जवान र तन्दुरुस्त रहन अपनाउनुस यी उपाय

मानिस स्वास्थ रहन भनेको जहिले पनि उसको खानपिनको कारणले हो । हामीले विषेश हाम्रो खानामा धेरै ध्यान दिनुपर्छ । तल केहि स्वास्थ रहने टिप्स दिएको छ :

१. खानामा सलाद, दही, दूध, हरियो तरकारी, दाल, गेडागुडी आदिका प्रयोग गरौं । खानामा जति धेरै विविधता भयो त्यति नै राम्रो । खाना पकाउन तथा पिउनका लागि सफा पानीको उपयोग गरौं ।

तरकारी तथा फलफुललाई राम्ररी धोएर मात्रै प्रयोगमा ल्याउनुपर्छ ।

२. खाना पकाउनका लागि सोयाबिन, सनफ्लावर र जैतुनको तेललाई प्राथमिकता दिनुपर्छ । खानामा चिनी तथा नून दुवैको कमभन्दा कम प्रयोग गरौं ।

जंगफुड, सफ्ट डि्रंक तथा आर्टिफिसियल चिनीबाट बनेको जूस आदिको उपयोग नगरौं । राति सकभर हल्काफुल्का खाना खानुपर्छ । सुत्नुभन्दा अगाडि १५/२० मिनेट घुमफिर गर्नु राम्रो हुन्छ ।

३. आफ्नो विश्रा मगर्ने तथा सुत्ने कोठालाई सफा सुग्घर, हावादार तथा खुल्ला राखौं । तन्ना, तकियाको खोल र पर्दालाई नियमितरुपमा फेर्ने गरौं ।

४. मेडिटेसन, योगा तथा ध्यानको प्रयोग एकाग्रता बढाउन तथा तनावबाट टाढा रहनका लागि आवश्यक छ । त्यसैले बिहानको समयमा यसका लागि समय निकाल्नुपर्छ । बिहान चाँडै उठ्नुस र खुल्ला हावामा व्यायाम अथवा योगा गरौं ।

५. दैनिक कुनै एक व्यायाम गरौं । यसका लागि कमसेकम आधा घन्टा समय दिनुपर्छ र व्यायामको तरिका बदल्नुपर्छ ।

६. ४५ वर्ष उमेर काटेकाहरुले आफ्नो नियमित स्वास्थ्यपरिक्षण गराउनुपर्छ । डाक्टरले दिएको औषधि नियमिरुपमा सेवन गरौं । प्रकृतिसँग नजिक रहने समय निकालौ । बच्चाहरुसँग खेल्नुस र परिवारसँग हल्काफुल्का मनोरञ्जनका लागि पनि समय निकाल्नुपर्छ । आफूर्लाइ धेरै सिरियस नबनाउने र रिसलाई आफूमाथि हावी हुन नदिने ।

७. जहिले पनि बाहिरबाट घर आएपछि कुनै पनि वस्तुलाई छुनुअघि, तथा खाना बनाउनु र खाना खानुअघि हातलाई सावुन पानीले मज्जाले धुनुपर्छ । घरमा साना बच्चाहरु छन् भने यो झन् जरुरी हुन्छ । बच्चालाई समात्नुअघि राम्रोसित हात धुनुपर्छ वा सेनेटाइजर प्रयोग गरौं ।

८. घरको सफाईमा विशेष ध्यान दिनुपर्छ । खासगरी भान्सा तथा शौचालय सफा हुनुपर्छ । पानी जम्न दिनु हुँदैन । सिंक, वास बेसिन आदि ठाउँहरु नियमितरुपमा सफा गरौं । फिनेल, फ्लोर क्लिनर आदिको उपयोग गरौं ।

९. ताजा तरकारी तथा फलफुलहरु सेवन गरौं । उपयोगमा आउने मसला, अन्न तथा अन्य सामग्रीको भण्डार पनि सही तरिकाबाट गर्नुपर्छ । एक्सपायरी डेट भएका बस्तुहरुको मितिलाई ध्यानमा राखौं ।

यसका अलावा खानेकुरालाई कहिल्यै पनि खुल्ला छाड्न हुँदैन । काँचो तथा पाकेको खानालाई अलग अलग राखौं । खाना पकाउन तथा खानका लागि उपयोगमा आउने भाँडाकुडा, फ्रिज, ओभन आदिलाई राम्ररी सफा गरौं ।

चिसो भाँडालाई कहिले पनि र्‍याकमा नराखौं । साथै राम्ररी नसुकेका डिब्बाहरुलाई बिर्को लगाएर नराखौं ।

१०. अत्याधिक तेल, मसलाबाट बनेको खानेकुरा नखाने । खानालाई सही तापक्रममा पकाउनुपर्छ । बढि पकाएर तरकारीको पौष्टिक तत्व नष्ट नगरौं ।

साथै ओभनको प्रयेाग गर्दा तापमानको विशेष ध्यान राख्नुपर्छ । सँधै ताजा भोजन खानुपर्छ ।

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्