Logo
७ कार्तिक २०८१, बुधबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

ललितपुर : राष्ट्रिय मानव अधिकार आयोगले आउँदो सोमबारबाट काठमाडौंमा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।आयोगले आज पत्रकार सम्मेलन गरी दण्डहिनताको अन्त्य, मानव अधिकार उपयोगको सुनिश्चितता सम्बन्धमा सम्मेलनमा छलफल हुने जनाएको छ ।

दक्षिण एशियाली राष्ट्रहरूमा देखिएका समस्या तथा प्रगति सम्बन्धमा सामूहिकरुपमा छलफल गरेर निष्कर्ष निकालिने आयोगकी प्रवक्ता मोहना अन्सारीले बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षिण एशिया र एशिया प्रशान्तमा रहेका मानव अधिकारको अवस्थाका विषयमा विज्ञद्वारा कार्यपत्र प्रस्तुत र छलफल हुनेछ । छलफलका निष्कर्षहरूसहित साझा अवधारणास्वरुप काठमाडौँ घोषणापत्र जारी हुनेछ ।”

सम्मेलनमा नेपालसँगै भारत, अफगानिस्तान, बंगलादेश, मालदिभ्स, पाकिस्तान, श्रीलंका, मलेशिया, म्यानमार, जोर्डनलगायतका मुलुकका राष्ट्रिय मानव अधिकार संस्थाका प्रमुख आयुक्त र आयुक्त सहभागी हुनेछन् । सम्मेलनमा २० राष्ट्रका ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुनेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने आयोजकले जनाएको छ । यही २६ चैतमा शुरु हुने सम्मेलन २८ गतेसम्म चल्ने छ । (रासस)

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्