Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्रिटेनले झूटो कथा रचेको र आगोसँग खेलेको रुसको आरोप

युके: रुसले ब्रिटेनमा हालै एक पूर्व रुसी जासूस र उनकी छोरीलाई विष दिएको आरोप लगाएर युकेले झूटो कथा रचेको र आँगोसँग खेलेको आरोप लगाएको छ । राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बोल्दै रुसी राजदूतले ब्रिटेनको उद्देश्य रुसलाई अवैध ठर्हयाउननु रहेको बताए । तर ब्रिटेनले सोल्ज्बरी नगरमा भएको आक्रमणमा रुस जिम्मेवार रहेको बताउँदै आएको छ ।

पूर्वी रुसी जासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरी युलियालाई गत महिना इङ्गल्याण्डको सोल्ज्बरीमा स्नायु प्रणालीमा असर पार्ने विष दिइएको थियो । त्यो विषको नाम रुसी रहेको छ । तर संयुक्त राष्ट्रसंघमा बोल्दै रुसी राजदूतले ब्रिटेनले झूटो कथा रचेको आरोप लगाउँदै विष प्रकरणमा रुसको संलग्नता नरहेको दोर्होयाए ।

रुसी राजदूत भसिली नेबेन्जियाले ब्रिटेनले डरलाग्दो र अपुष्ट आरोप लगाएर आगोसँग खेलीरहेको आरोप लगाए । ब्रिटेनकी राजदूत क्यारेन पियर्सले सबैखाले निगरानी विरुद्ध ब्रिटेन कडा रूपमा प्रस्तुत हुने बताइन् । उनले विष प्रकरणको संयुक्तरूपमा अनुसन्धान गर्ने रुसी प्रस्ताव उचित नभएको बताइन् ।

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्