Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको ‘रेड लाइट एरिया’ मा पाँच नेपाली युवती फेला

भारतीय संचारमाध्यमका अनुसार प्रहरीले आगराबाट कुल ९ युवतीको उद्धार गरेकोमा पाँच जना नेपाली हुन् । बाँकी ४ जना भारतकै असम राज्यका किशोरी रहेको बताइएको छ ।

नेपाल तथा भारतकै विभिन्न स्थानबाट किशोरीलाई विभिन्न प्रलोभनमा ल्याएर यौन धन्दामा लगाउँदै आएको सुराकी पछि बुधबार प्रहरीले छापा मारेको हो । बाहिरबाट ताला लगाएको अवस्थामा रहेका कोठा प्रहरीले जबर्जस्ती खोलेको थियो । ती कोठामा थुनिएको अवस्थामा किशोरीहरु फेला परेको बताइएको छ ।

प्रहरीले उद्धार गरिएका किशोरीहरुलाई एक गैरसरकारी संस्थाको रेखदेखमा राखेको छ । कोठी संचालकलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

माइती नेपालको पहलमा सो कारवाही गरिएको बताइएको छ । नेपालबाट तीन किशोरीलाई आगरा ल्याएर देहव्यापारमा लगाइएको सूचनाका आधारमा सो संस्थाले स्थानीय प्रहरीमा आवश्यक कारवाहीका लागि उजुरी गरेको थियो ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्