Logo
१८ बैशाख २०८१, मंगलबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तौल घटाउन ब्रेकफास्टमा खानुस् यी ५ फुड

हामी यस्ता ब्रेकफास्ट फुडको कुरा गरिरहेका छौँ, जसले तपाईंको तौल घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तौल घटाउनका लागि कतिपय मानिसले ब्रेकफास्ट नै नगर्ने गल्ती गरेको कैयौँ अनुसन्धानले खुलासा गरेका छन् । तर, आयुर्वेदका अनुसार ब्रेकफास्टमा प्रोटिन, फाइबर, सागसब्जी र हेल्दी फ्याट आवश्यक हुन्छ । यस्तो ब्रेकफास्टले पेटलाई भरिराख्नुका साथै तौल घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

स्ट्रबेरी

एक कप स्ट्रबेरीले शरीरमा आठ ग्राम फाइबर प्रदान गर्छ । जनरल न्युट्रिसन रिसर्चका अनुसार फाइबरले बढ्दो तौललाई रोक्ने काम गर्छ । यसका साथै तौल घटाउन पनि महत्वपूर्ण हुन्छ ।

अन्डा

तौल कम गर्न अन्डा सबैभन्दा महत्वपूर्ण ब्रेकफास्ट हो । यसमा भएको फ्याट, प्रोटिन र कार्बोहाइड्रेटले लामो समयसम्म पेट भरिराख्ने काम गर्छ । अन्डालाई स्वस्थ ब्रेकफास्टका रूपमा लिइन्छ ।

पिनट बटर

पिनट बटरलाई पनि तौल घटाउनका लागि महत्वपूर्ण ब्रेकफास्टका रूपमा लिइन्छ । आँटाको ब्रेडमा दुई चम्चा पिनट बटर लगाएर खानाले तौल सन्तुलनमा रहन्छ । केराको साथमा पनि पिनट बटर खान सक्नुहुन्छ । केरामा कार्बोहाइड्रेट हुन्छ र पिनट बटरमा भएको प्रोटिनले लामो समयसम्म पेटलाई भरिराख्ने काम गर्छ ।

ओट्स

ओटमिलले तौल घटाउनका लागि दुई तरिकाबाट मद्दत गर्छ । यसमा भएको फाइबरले लामो समयसम्म पेटलाई भरी र स्वस्थ राख्न मद्दत गर्छ । यसले कार्बोहाइड्रेट बिस्तारै रिलिज गर्छ । परिणामतः रगतमा चिनीको मात्रा हुँदैन । यसले इन्सुलिनको मात्रालाई पनि ठीक राख्ने काम गर्छ ।
नयाँ पत्रिकाबाट

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्