Logo
१७ बैशाख २०८१, सोमबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बोक्सीको आरोपमा राधामाथि कुटपिट गर्ने छ जनालाई पुर्पक्षमा

धनगढी : कैलाली जिल्ला, घोडाघोडी नगरपालिकामा बोक्सीको आरोप लगाई स्थानीयवासी एक महिलालाई कुटपिट गरिएको घटनामा संलग्न छ जनालाई जिल्ला अदालतको आदेश बमोजिम पुर्पक्षका लागि मंगलबार कारागार पठाइएको छ । घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते कुटपिट गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने भनिएका किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् । पीडित राधा चौधरी भने सेती अञ्चल अस्पतालमा स्वास्थ्य उपचारपछि केही दिनअघि घर फर्किसकेकी छन् ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्