Logo
१७ बैशाख २०८१, सोमबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई थान चोरीको मोटरसाइकलसहित तीन जनाको पक्राउ

इटहरी : सुनसरी जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी कोशी ब्यारेज नजिकै पु¥याएको अवस्थामा दुई थान चोरीको मोटरसाइकलसहित मोटरसाइकल चोरी गिरोहमा संलग्न रहँदै आएका तीन युवालाई मंगलबार पक्राउ गरिएको छ ।

चोरीका को २९ प ८३५९ र को २२ प ९७३५ नं का पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिएका छन् । चोरीको मोटरसाइकलसहित पक्राउ पर्नेमा सुनसरी बराह क्षेत्र–६ का २२ वर्षीय श्रीराम चौधरी, इनरुवा– ७ चाँदबेलाका १७ वर्षीय अमल चौधरी र इटहरी उपमहानगरपालिका– १६ का २२ वर्षीय सन्दीप चौधरी रहेको बताइएको छ ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्