Logo
१७ बैशाख २०८१, सोमबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकल सहित तस्करीका लाखौं मुल्य बराबर कपडा शस्त्र प्रहरीद्धारा जफत

रौतहट :  बोर्डर ईलाकाहरुमा केही दिन पहिला देखि तस्करीमा ठूलो वृद्धि भएको देखिएको थियो। तस्करहरुले तस्करी गर्दा तस्करीको रुठमा पर्ने चौकी ईन्चार्जहरुलाई मिलाई तस्करहरुले थुपै मात्रामा तस्करी गरि रहेका छन्।

केही दिन पहिला रौतहटको सानो भन्सार बंकुल शस्त्र क्याम्पमा शस्त्र प्रहरी निरिक्षक गोबिन्द पोखरेल गए लगत्तै रौतहटको पश्चिम भेगमा तस्करीमा नियन्त्रण आएको देखिएका छन्। बिशेष सुराकीको अधारमा आज बिहानै बंकुलबाट शस्त्र प्रहरी निरिक्षक पोखरेलको कमान्ड खटिएको टोलीले रौतहट र बाराको बोर्डर भरुवा खोला बोर्डर हुँदै तस्करीका मालसमान रौतहट ल्याई रहेको अबस्थामा रौतहटको मौलापुर नगरपालिकाको सोनरनिया टोल नजिक आज बिहान ४ बजे ३ ओटा भार्तीय नंबर प्लेटको मोटरसाइकल सहित ३ लाख ६५ हजार ८१० रुपैयाँ बराबरको भन्सार छलिका कपडाहरु समातेका छन्।

तस्करहरुले शस्त्र प्रहरीको टोलीलाई हेर्दा सो तस्करहरु मोटरसाइकल सहित तस्करीका मालसमानहरु छोडेर भागेको शस्त्र प्रहरी निरिक्षक पोखरेलले जनाएको छ। बि आर २९एम १७५९ ,बि आर ०५ एम ३१२७, बि आर ०५ एम २०३० नंबरको ३ ओटै प्लाटिना र सर्टको कपडा,पर्दाको कपडा,पेटिकोटको कपडा,धोती,जेन्स कुर्ता,बेडसिट सहित अन्य कपडाहरु समाति शस्त्र प्रहरी उपरीक्षक प्रेम राज पोखरेलको रोहबरमा पत्रकार समेलन गरि भन्सार कार्यालयमा बुझाईएको छ। भने रौतहटको बोर्डर ईलाकाहरुमा थप शस्त्र प्रहरी पठाई तस्करी रोक्नका लागि अझ कडा गस्ती बनाईएको शस्त्र प्रहरी उपरीक्षक पोखरेलले जनाएको छ।

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्