Logo
६ जेष्ठ २०८१, आईतबार
(March 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारको पहलमा अवधेशको परिवारलाई आर्थिक सहयोग

रौतहट : यूएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका मृतक अवधेश यादवको परिवारलाई आर्थिक सहयोग गरीएको छ । पत्रकार अभिमनु कुमार पटेलको पहलमा रौतहटबाट संकलित रकम सर्लाहीको कबिलासी नगरपालिका वडा नं ३ बिनगरा बस्ने अवधेश यादवको परिवारलाई सो सहयोग प्रदान गरिएको हो ।

रौतहटका संचारकर्मी, कर्मचारी, युवा, व्यापारी, शिक्षक, राजनीतिककर्मी र संघसंस्थाबाट संकलन गरिएको ४१ हजार ११ रुपैया अवधेशको बृद्ध अपाङ्ग बुवा रास नारायण यादवलाई कबिलासी नगरपालीकाको मेयर कौशल यादव,स्थानीय प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरिक्षक बिनोद यादव, बागमती नपा १० निवासी क्रिएटिभ युथ क्लबका अध्यक्ष एवं शिक्षक ओमबहादुर कार्की लगायत दर्जनौ स्थानीयबासीहरुको रोहवरमा सहयोग रकम हस्तान्तरण गरीएको छ ।

दुई छोरा मध्यको जेठो छोरा मदन रायको १२ वर्षकै उमेरमा विमारीले गर्दा जनकपुर अस्पतालमा मृत्यु भएको थियो भने पैसाको अभाव भएपछि कान्छो छोरा अवधेश गाउँमै ऋण उठाएर कतार कमाउन गएका थिए । तर भनेको काममा नलगाए पछि ४ महिनामै घर फिर्ता आइरहेका अवधेशको त्रिभुवन विमान स्थल काठमाडौमा भएको युएस बंगला विमान दुर्घटनामा परेर मृत्यु भएको थियो । अवधेशको परीवार सँग सम्पत्तिको नाममा नहरको छेउमा जम्मा १० कठ्ठा जग्गा रहेको छ ।

छोराको मृत्यु पश्चात अवधेशकी श्रीमती पुनम देवी र ३ महिनाकी अबोध छोरीको लालन पोषणको भार वृद्ध अपाङ्ग बुवा माथि नै आइपरेको छ । ४ महिना बिदेश बस्दा छोराले एकपैसा पनि नपठाए पछि घर चलाउन मुस्किल परेपछि गाउँ मै थप ऋण लिएको अवधेशको बुबाको भनाई छ ।

प्रकाशित मिति: Mar 28, 2018

प्रतिक्रिया दिनुहोस्