Logo
८ जेष्ठ २०८१, मंगलबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक वर्षसम्म मैले हस्तमैथुन गर्न छोडेको थिएँ तर

बीबीसी । म विगत १३ महिनादेखि हस्तमैथुन नगरी बसेको छु। हस्तमैथुन नगरी बस्नु त्यति सजिलो काम भएन होइन। र मेरो जिन्दगी अहिले पनि त्यति रमाइलो भने छैन। यो जानकारी पाउनु निकै रमाइलो हुने छ की हस्तमैथुन नगर्दा मलाइ कस्ता कस्ता फाइदा भए। २०–३० वर्षको उमेरमा मैले पहिला हप्ता, त्यसपछि महिनासम्म हस्तमैथुन गरिन। र, अहिले म एक्लै छैन्। विश्वभरमा लाखौं मानिस (पुरुषमात्र होइन) नेफ्याप आन्दोलनमा भाग लिइरहेकाछ।
के हो नोफ्याप आन्दोलन?

नोफ्याप यस्तो आन्दोलन हो जसले मानिसहरुलाई पोर्न फिल्म नहेर्न र हस्तमैथुन छोड्नकालागि प्रेरित गर्छ। जब १९ वर्षको थिएँ त्यतिबेलादेखि मेरो मनमा के विचार आउँथ्यो भने पोर्न हेर्दा ममा कस्तो असर पर्ला? मेरा समकालीनजस्तै म पनि पोर्न फिल्म हेर्दै ठूलो भएको हुँ। मलाइ आज पनि सम्झना छ, जब म १४ वर्षको थिएँ त्यतिबेलादेखि इन्टरनेटमा महिलाको भित्री वस्त्र खोज्दै आपत्तिजनक तस्बीरसम्म पुग्थें।

आफ्नो किशोरावथाको अन्तिम वर्षतिर म अब आफ्नो कोठमा एक्लै हुन्थे म तत्काल पोर्न फिल्म हेरिहाल्थे। मलाइ के कुराको चिन्ता भयो भने पोर्नमा मेरो लत बस्यो। म कुनै युद्धमा हारेको सिपाही जस्तै महसुस गर्न थालेँ। म कुनै युवतीसँग बोल्न नसक्ने र इन्टनेटमा पोर्न फिल्म हेर्दै हस्तमैथुन गर्थें। १९ वर्षको उमेरसम्म म कुमार र एक्लै थिएँ। त्यो बेलासम्म मेरो कसैसँग पनि सम्बन्ध थिएन र सेक्सका विषयमा कुनै जानकारी पनि थिएन।

घरमा बस्नु र हस्तमैुन गर्नु मलाइ अन्य काम भन्दा सुरक्षित लाग्थ्यो। जब म कुनै युवतीसँग कुरा गर्ने कोसिस गर्थें तब मेरो दिमागमा पोर्न फिल्मकी मोडलको तस्बीर आउँथ्यो। उनीहरुले त्यो कुरा थाहा पाए भने मलाइ राम्रो नजरले हेर्दैनन् भन्ने कुरा पनि थाहा थियो। म कयौं रातसम्म एक्लै जागै रहन्थें। पोर्नको मेरा जिन्दगीमा कस्तो असर पर्छ भन्दै सोचेर बस्थें।

मैले मेरो समस्या कसैलाई पनि भनेको थिइन्। हामीबीच यस्ता गोप्य कुरा सुनाउने चलन थिएन। मेरो २० औं जन्मदिनपछि मैले हस्तमैथुन नगर्ने निर्णय गरेँ। मेरी आमा अध्यात्मिक किवाब पढ्नुहुनथ्यो। म पनि ती किताव बढ्न थाले। मैले ध्यान गर्न सुरु गरे। त्यसपछि मलाइ यौन क्रियाकलापमा संयम अपनाउने आत्मविश्वास बढ्न थाल्यो।

एक प्राचीन धारणा जन्मकुण्डलीसँग जोडिएको छ। म यो सबै आफ्नी आमासँग सोध्दा निकै लजाउँथे। तर मैले यो विषयमा जान्ने निर्णय गरे। मलाइ सुरुमा मेरो जीवनबाट हस्तमैथुनलाई सदाकालागि छोड्छु भन्ने लाग्यो। त्यसको एक महिनापछि मैले फेरि हस्तमैथुन गरे। जसले मलाइ निकै निरास बनायो। नोफ्याप आन्दोलनको ९० दिनसम्म म सहभागी भएँ।

(यो लेखमा युवाहरुकालागि जानकारी छ। र, लेखमा आफ्ना अनुभव बताउने युवाले आफ्नो नाम गोप्य राखेका छन्।)

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्