Logo
२३ बैशाख २०८१, आईतबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन गर्दैन त युरोपियन युनियनले हस्तक्षेप ? किन हेपिन्नौ त हामी ?

“दिसा धोए पछि साबुन -पानीले हात धुनुपर्दछ” भन्ने कुरालाई सार्वजनिक संचार माध्यममा प्रचारको लागि पनि युरोपियन युनियन समक्ष अनुदान माग्ने मुलुकमा उसले हस्तक्षेप गर्दैन ?

दुनियाँका ढोका-ढोकामा गएर नेपालमा सबै कुरा नराम्रो मात्रै छ,राम्रो केही पनि छैन भनेर नेपालको हुर्मत लिने र बेइज्जती गर्ने गरी प्रोजेक्ट माग्ने, त्यही पैसाले गाडी चढ्ने, देश -विदेश घुम्ने , मोज गर्ने मुलुकका नेता, प्रशासक , मन्त्री भएका देशलाई कसले हेप्दैन ?

हेप्छन !
हेपिरहन्छन !

एक रुपैयाँको कामगर्ने सय -हजार -दस हजार रुपैयाँको बिल भौचर बनाएर मुलुकलाई ठग्ने नेता, प्रशासक भएको मुलुकलाई कसले सम्मान गर्दछन ?

कसैले गर्दैनन् !

विदेशीसँग पैसा लिएर–उनीहरूका हित अनुरुप काम गर्ने कबोल गरेर मुलुकका लागि राजनीतिक एजेण्डा बोक्ने , बनाउने र त्यसको संवैधानिक व्यवस्थागर्नेलाई कसले थप एजेण्डाका लागि दवाव नदेलान ?

जसले पनि दिन्छन !

कसैले जङ्गल फाड्छ सरकारको त होनी भनेर चुपो लाग्ने, बालुवा -गिट्टीको लागि अवैध तरिकाले ठूला ठूला मेसिन लगाएर कसैले खोला, नदीको छेउ छाउ खन्छ, पहाड भत्काउँछ — कोही हेर्दैनन्, मेरो होइन भनेर चुपो लाग्दछन , विकासको पैसामा लुट मच्चाउने गर्दछन , मेरो होइन सरकार को त होनी भनेर चुपो लाग्दछन र मौका परे आफू पनि त्यसै गर्दछन ! त्यो मुलुकमा युरोपियन युनियन जस्ताहरू ठालू पल्टिने भै हाले नी !

इतिहासका सबैभन्दा बहादुर जातीमा गनिनेहरू जव कायरताको पल्लो सीमामा पुग्दछन देशभक्तिको भावना शून्य भएर किरा सरह भएर खान मात्र बाँचेका देखिन्छन तव कसले हेप्दैन ? आजबाट म ऋण लिन्छु – दान लिन्न भनेर राष्ट्रले निर्णय गरोस त !

मुलुकलाई भ्रष्टाचार शून्य बनाउने संकल्प गरोस र व्यवहारमा देखाउन पनि शुरु गरोस त ! एक रुपैयाले सय रुपैयाँको काम गर्दछु – गराउंछु भनेर मुलुकका सम्वन्धित एजेन्सीहरुले घोषणा गरुन त ! राजनीतिक दलहरूले चन्दा र कमिसन, बाह्य सहयोग लिन छोडुन र आफ्ना कार्यकर्ताकै सदस्यता र लेभीबाट मात्र म पार्टी चलाउँछु भन्ने हिम्मत गरुन त !

पूँजी, श्रम र उद्यमको गतिशीलतालाई सरकारी नियन्त्रणबाट मुक्त राख्ने र कानुनले तोकेका शर्त पुरा गरेपछि कसैले आफू खुशी उद्योग-व्यापार गर्न , वाह्य लगानी आमन्त्रण गर्न तिन्को व्यवस्थित र स्वचालित नियमन र अनुगमनको व्यवस्था मिलाउन शुरु गरुन त ! अनि मुलुकले सम्वृद्धिको बाटो हिड्न थाले पछि कसले हेप्दो रहेछ हेरौं त !

कसैले सिंगापुरलाई हेपोस त ! इजरायललाई हेपोस त !  स्विट्जरल्यान्ड र दक्षिण कोरिया लाई हेपोस त ! पुरुषार्थीलाई कसैले हेप्ने हिम्मत गर्दैन् ! कायरहरू हेपिन नै जन्मिएका हुन् ! हामी , हाम्रा शासक -प्रशासक र नेताहरूले हेपेको देशलाई अरूले पनि हेप्छन नै ! त्यसैले हामी मात्रै सबैबाट किन हेपिन्छौँ त ? प्रश्न हामीलाई नै हो ! #फेसबुकबाट

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्