Logo
२२ बैशाख २०८१, शनिबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौन प्यास मेट्न चाहनेहरुले अब ‘रेड लाईट एरिया’ धाउनु पर्ने

यौन सुखका लागि मानिससँगै सहबास गर्नुपर्छ भन्ने बाध्यता अब नरहने भएको छ । त्यस्तै यौन प्यास मेट्न चाहनेहरुले रेड लाईट एरिया धाउनु पर्ने पनि बाध्यता हट्ने भएको छ । यति मात्र होईन सम्भोगको बेला हुने बिभिन्न यौन रोगहरुको चिन्ता पनि अब रहेन, न त बिभिन्न लफडारु नै ।

अहिले बैज्ञानिकहरुले यस्तो साधनको परिकल्पना गरेका छन कि जसले महिला होस या पुरुष दुबैलाई यौन सुख प्रदान गर्नेछ । यसले सुरक्षित रुपमा पूर्ण सन्तुष्टिका साथ यौन सम्बन्ध कायम गर्नेछ । यसका लागि वैज्ञानिकहरुले यौनकर्मी रोबोट निर्माणको काम सुरु गरिसकेका छन् ।

न्युजिल्याण्डका वैज्ञानिकहरुका अनुसार यौनकर्मी रोबोट निर्माणको योजनामा काम भैरहेको छ र यो सफल भएमा यसका धेरै फाइदाहरु हुनेछन् । मिरर अनलाइनको रिपोर्ट अनुसार रोबोट यौनकर्मी हुने वेश्यालयहरु एकातर्फ एड्स जस्ता यौनरोगहरु रोक्नमा कामयाव हुनेछन् भने अर्कोतर्फ युवती तथा महिलाहरुको तस्करीका घटनामा पनि कमी आउनेछ ।

त्यसका लागि यौन उद्योगमा हुने अपराध सम्बन्धी मामिलाहरुमा पनि कमी आउनेछ । अनि वेश्यागमनको कुरालाई लिएर अहिले जस्तो एक प्रकारको अपराध बोधको स्थिति रहेको छ त्यस्तो चिन्तन पनि हट्नेछ ।

बैज्ञानिकहरुका अनुसार यस प्रकारको रोबोटले यौनको क्षेत्रमा क्रान्तिकारी फड्को मार्नेछ र यसले सन २०५० सम्ममा विश्वको यौन पर्यटन ब्यवसायलाई ठूलो लाभ पुराईदिनेछ । सेक्स रोबोट नामक उक्त यन्त्रमानब मानिसको यौनको भोक सजिलैसंग मेटाउन सक्षम हुने बताईएको छ ।

तर रोबोटसंग यौनप्यास मेटाउन चाहनेले गोजी भने गरम नै पार्नुपर्ने हुन्छ । भिक्टोरिया विश्वविध्यलयका शोधकर्ता इयान यिओमेन र यौनविज्ञ मिसेल मार्सले रोबोटसंगको यौन सम्बन्ध सुरक्षित हुने दाबी गरेका छन् ।

युब यम नामको एक क्लबमा ग्राहकहरुले रोबोटबाट मसाज, सम्भोग तथा ल्याप डान्स समेत गर्न सक्नेछन । तर यसको लागि एक पटकको १२ लाख रुपैयाँ भन्दा बढी रकम तिर्नुपर्नेछ ।

शोधकर्ताहरु भन्छन्, उक्त क्लब एम्सटर्डमको रेडलाईट एरिया जस्तै हुनेछ । जहाँ विविध धर्म सम्बन्धि कामसूत्रका यौनिक फिचर्सहरु राखिनेछ । उक्त रोबोट जिवाणु प्रतिरोधी हुनेछ र सेक्स क्रिया पछि त्यसमा लागेको यौनिक रसलाई मज्जाले पखालिनेछ ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्