Logo
१२ श्रावण २०८१, शनिबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रि लालबाबू पण्डितले तयार पारे कर्मचारीले पालना गर्नुपर्ने ९ बुँदे नियम

काठमाडौं : संघीय मामिला तथा समान्य प्रशासन मन्त्रि लालबाबू पण्डितले राष्ट्रसेवक कर्मचारीले पालना गर्नुपर्ने ९ बुँदे नियम तयार पारेका छन् । कर्माचारी तन्त्रमा रहेका छाडातन्त्रलाई नियन्त्रणमा लिन उनले कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता जस्तै नियम बनाएका हुन् ।

तोकिएको कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रालयको जिम्मेबारी सम्हाले लगत्तै तोकिएको कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई बर्खास्त गर्ने तयारी गरेका हुन् ।

मुलुकभर स्थानीय तह, प्रदेशहरुमा कर्मचारीको चरम अभाव छ । विभिन्न बाहना बनाउँदै सरकारले घटाएको मध्ये आधा भन्दा बढि कर्मचारी कार्यक्षेत्रमा जान मानिरहेका छैनन् । जसले गर्दा प्रशासनिक कार्य अघि बढाउन हम्मेहम्मे परिरहेको छ । मन्त्रालयका अनुशार तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम सुरू भइसकेको छ ।

कर्मचारीले पालना गर्नुपर्ने ९ बुँदे नियम :

१. एक हप्ता भित्रमा सरुवा भएको कार्यालयमा नजाने कर्मचारीको नामावली मागाउने र कारवाही गर्ने ।
२. सरुवा गरेपछि रमाना नदिने कार्यालय प्रमुखलाई कार्यवाही गरिने ।
३. ट्रेड युनियनको काम कार्यालय समय भित्र गर्न नपाईने ।
४. कार्यालय समयमा ट्रेड युनियनको काम गरेमा कार्यवाही गरिने ।
५. ट्रेड युनियनका पदाधिकारीसंग नीतिनिर्माणमा मात्र प्रशासनले सहयोग लिने ।
६. सरुवा वढुवामा ट्रेड युनियनले चासो लिन नपाउने ।
७. सम्पुर्ण कर्मचारीको काज तुरुन्तै फिर्ता गराउने ।
८. सरुवा भएको कार्यालयमा हाजिर हुन नदिनेलाई दण्डित गरिने ।
९. स्वैच्छिक अवकाश मानसिक रोगी भै काम गर्न नसक्ने र असक्तको लागि मात्र व्यवस्था गरिने ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्