Logo
१२ श्रावण २०८१, शनिबार
(March 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो कार्यकाल शुरु गर्दै राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जलि

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दोस्रो कार्यकाल शुरु भएको सन्दर्भमा आज बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी शहीदप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्न त्यहाँ पुग्नुहुँदा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए ।

नवनिर्वाचित राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकाल शुरु भएको सन्दर्भमा बिहीबार बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गर्नुहुँदै । तस्वीर : प्रदीपराज वन्त, रासस

प्रकाशित मिति: Mar 15, 2018

प्रतिक्रिया दिनुहोस्