Logo
५ जेष्ठ २०८१, शनिबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढी ब्याजदर कायम गरे कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं :  पाँच प्रतिशतको सीमाभन्दा बढी ब्याजदर अन्तर गरे बैंकहरूलाई कारवाही गर्ने नेपाल राष्ट्र बैंकले चेतावनी दिएको छ । विशेषगरी विकास बैंक र वित्त कम्पनीहरूले राष्ट्र बैंकले तोकेको सीमाभित्र कारवाही गर्न नसकिने प्रतिक्रिया दिइरहेका बेला राष्ट्र बै‌ंकले यस्तो चेतावनी दिएको हो ।

राष्ट्र बैंकले २०७५ असोजपछि आर्थिक वर्षको कुनै समयमा औसत ब्याजदर अन्तर पाँच प्रतिशतभन्दा बढी भएमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई सिधै कारवाही गर्ने जनाएको छ ।

वाणिज्य बैंकको शाखा कार्यालय नभएका स्थानीय तहबाहेकका स्थानमा शाखा विस्तार गर्न रोक लगाउने, भूकम्पपीडितलाई प्रदान गरिनेबाहेकका पुनर्कर्जा सुविधा प्रदान नगर्ने र सम्बन्धित आर्थिक वर्षको बोनस शेयरको कर प्रयोजनबाहेकका नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने नियम कारवाहीको रूपमा राष्ट्र बैंकले अघि सारेको छ ।

त्यसैगरी राष्ट्र बैंकले कर्जा/स्रोत परिचालन अनुपात (सिसिडी रेसियो)को दैनिक अनुगमन गर्ने र मासिक औसतका आधारमा तोकिएको अनुपात नाघेमा हर्जना लगाउने उल्लेख गरेको छ । उसले हर्जना लगाउने विधि तय गर्दै प्रत्येक महिनाको १ गतेदेखि मसान्तसम्मको प्रत्येक कार्यदिन (सार्वजनिक बिदाबाहेक)को आधारमा औसत अनुपात निर्धारण गर्ने उल्लेख गरेको छ ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्