Logo
११ श्रावण २०८१, शुक्रबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोही पनि नेपाली भोकै मर्नपर्ने अवस्थाको अब अन्त्य : प्रम ओली

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कोही पनि नेपाली भोकै मर्न पर्ने अवस्थाको अब अन्त्य हुने भन्दै केही बर्षभित्र नेपाल अल्पविकशित देशको सुचीबाट विकसित देशमा पुग्ने बताउनुभएको छ । ओलीले  सरकार जनताप्रति उत्तरदायी हुने बताउनुभयो ।

शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारको सम्पुर्ण प्रयास नेपाल देशको विकास र समृद्धिका लागि हुने बताउनुभयो । ‘सरकारका हरेक कदम सुधारका लागि, विकासका लागि र जनताका हितका लागि हुनेछन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सरकारले कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभुत गर्नेगरी नै समृद्धिका काम गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । ‘हामीले समृद्धि प्राप्त ग¥यौँ भनेर मात्र हुँदैन ।’ प्रधानमन्त्री ओलीको भनाइ छ ‘जनताको जीवन स्तरबाट यस कुराको पुष्टि हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने बताउनुभएको छ । हरेक तहका व्यक्तिले आफुभन्दा तल्लो तहका व्यक्तिको नजरमा गीर्ने काम नगरेमा भ्रष्टाचार स्वत अन्त्य हुने प्रधानमन्त्री ओलीको दाबी छ ।प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गर्नुभएको छ ।

‘मेडिकल कलेज सञ्चालनमा गुणस्तरियता आवश्यक छ ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘चिकित्सकको क्षमताको गुणस्तरीयता र भौतिक गुणस्तरियता दुवै आवश्यक छ ।’

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्