Logo
२५ बैशाख २०८१, मंगलबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उदितनारायण झाको ‘दिल रानी’ सार्वजनिक (भिडियो)

काठमाडौँ : चलचित्र ‘नेप्टे’को ‘दिल रानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘नेप्टे’ को ‘दिल रानी’ बोलको क्लब गीत बिहीबार सार्वजनिक भएको हो । नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्ग मुख्य फिचरिङमा रहेको यो गीतमा कोरशको समेत प्रयोग गरिएको छ ।

उदितनारायण झा र सेलिना कुँवरको स्वर रहेको गीतमा यमनाथ मैनालीका शब्द र सन्तोष राजको संगीत रहेको छ भने गीतको कोरियोग्राफी कविजराज गहतराजले गरेका छन् । देवकुरमार श्रेष्ठले लामो समयको अन्तरालमा निर्देशन गरेको यो फिल्ममा दायाहाङ राई, रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, वुद्धि तामाङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल लगायतका लाकारको अभिनय रहेको छ ।

यस फिल्ममा किरण माइकलको पटकथा एवं संवाद रहेको छ भने रोहीत रुम्बाले निर्माण गरेको यस चलचित्रको कथा पनि उनैले लेखेका छन् ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्