Logo
२४ बैशाख २०८१, सोमबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेपीएमसीको बैठक : तराईका सडक परियोजनाबारे दुवै पक्ष सन्तुष्ट

काठमाडौं : तराई सडक परियोजनाको नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी)को बैठक सम्पन्न भएको छ । समितिको पहिलो बैठक बुधवार नेपाल सरकारको भौतिक संरचना तथा यातायात मन्त्रालयलमा भएको हो ।

बैठक अघि सोमवार र मङ्गलवार भने जेपीएमसीले विराटनगर र जनकपुर जिल्लाका विभिन्न सडक परियोजनाको प्रगतिविवरण बुझ्न संयुक्त अनुगमन गरेको थियो । ‘भारत सरकारको रकम र नेपाल सरकारको कार्यान्वयन’ मोडालिटीअनुरूप पारस्परिक सहमतिमा दुवै पक्षले यी परियोजना कार्यान्वयन गरिरहेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा विभिन्न १० परियोजनामा भइरहको प्रगतिबारे दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्