Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘रिल’ लाइफका खलनायक खड्गी ‘रियल’ लाइफमा पनि खलनायक

काठमाडौं : चर्चित द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गी अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन् । खड्गी दुई सातादेखि हिरासतमा रहेका छन् ।

‘रिल’ लाइफमा खलनायकका रुपमा चिनिएका खड्गीमाथि ‘रियल’ लाइफमा पनि खलनायककै भूमिका खेलेको आरोप लागेको छ । उनलाई मानव ओसारपसार तथा वेचविखनको गम्भीर अभियोग लागेको छ ।

प्रहरी हिरासतमा रहेका खड्गीले प्रहरीलाई दिएको वयानमा उनीमाथि लागेको आरोप स्वीकार गरेका छन् । अन्य कलाकारहरुले पनि यस्तै काम गरेको देखेर आफूले गरेको खड्गीको बयान छ । उनको यस्तो वयानले नेपालका अन्य कलाकारहरु पनि मानव बेचविखनमा संलग्न रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यदि सो मुद्दामा उनी दोषी ठहरिए भने अधिकतम २० वर्ष (जन्मकैद) सम्म जेल सजायँ हुन सक्छ ।

तर, कलाकार, खेलाडी अनि नेताहरुको आडमा हुने गरेको मानव ओसारपसार र बेचबिखनलाई उपल्लो तहबाटै बचाउ हुने गरेको प्रहरी अधिकारीहरु गुनासो गर्छन् । राजेन्द्र खड्कीकै केसमा पनि मकवानपुरका केही ठूला नेताहरु समेत बचाउमा लागिपरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्