Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत बैठक काठमाडौंमा, एक प्रभावशाली भारतीय सदस्य अनुपस्थित हुने

काठमाडौं : नेपाल-भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित दुईपक्षीय प्रबुद्ध समूहको सातौँ चरणको बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंमा शनिबारसम्म चल्ने यसपटकको बैठकमा यसअघिका बैठकमा भएका मौखिक र लिखित छलफलका आधारमा तयार पारिएको मस्यौदा आदान–प्रदान हुने स्रोतले जानकारी दिएको छ ।

प्रबुद्ध समूहमा नेपालको नेतृत्व पूर्व मन्त्री तथा कुटनीतिज्ञ डा. भेषबहादुर थापाले गर्नेछन् भने भारतीय समूहको नेतृत्व भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले गर्दै छन् । यसअघि गएको पुस २६ र २७ गते नयाँ दिल्लीमा भएको बैठकमा नेपाल–भारतबिच भएका पुराना सन्धि सम्भौताको पुनरावलोकन गर्ने विषयमा छलफल भएको थियो ।

दुई देशमा आलोपाली गरी बैठक बस्ने चलन अनुसार यसपटकको बैठक नेपालमा बस्न लागेको हो । यसपटकको बैठकमा भारतका एक प्रभावशाली सदस्य अनुपस्थित हुने भएका छन् । नेपालका लागि भारतीय राजदूत समेत रहिसकेका प्रबुद्ध समूहका भारतीय सदस्य जयन्तप्रसाद स्वास्थ्यका कारण आउन नसक्ने भएको स्रोतले जानकारी दिएको छ । यसअघिका ६ चरणका बैठकमा दुवै पक्षका सबै सदस्य उपस्थित रहेका थिए । तर यसपटक जयन्तप्रसाद स्वास्थ्यमा समस्या देखिएकाले आउन नसक्ने भएका हुन् ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्