Logo
६ जेष्ठ २०८१, आईतबार
(February 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपालनलाई व्यावसायिक बनाउन १८ लाखको पशुपक्षी फार्म स्थापना

म्याग्दी  : बेनी नगरपालिका–६ बाँसबोटमा एकजना कृषकले पशुपालनलाई व्यावसायिक बनाउन रु १८ लाखको लगानीमा पशुपक्षी फार्म स्थापना गरेका छन् । परम्परागतरुपमा गाईभैँसीपालन गरेर दूध उत्पादन गर्दै आएका बाँसबोटका दुर्गाप्रसाद पौडेलले पशुपालन पेशालाई व्यावसायिक बनाउन वरदान पशुपक्षी फार्म स्थापना गरेका हुन् ।

फार्म स्थापनाका लागि गोठ निर्माण, गाईभैँसी र राँगो खरिद गर्न रु १८ लाख लगानी भएको पौडेलले बताए । विसं २०५२ देखि परम्परागत रुपमा गाईभैँसी पालेर दूध बेच्दै आएका उनले पशुपालन पेशालाई व्यवस्थित र व्यावसायिक बनाउन फार्मको स्थापना गरेका हुन् ।

फार्ममा हाल दशवटा मुर्रा जातको भैँसी तथा एक(एकवटा जर्सी गाई र राँगो रहेको छ । तीन जनाले पूर्णरुपमा रोजगारी पाएका छन् । दैनिक १०० लिटर दूध उत्पादन हुने गरेको छ । सदरमुकाम बेनी बजारमा प्रतिलिटर रु ७० का दरले दूध बिक्री गर्ने गरेको उनले बताए । उनले एक निजी विद्यालयमा १४ वर्षसम्म कार्यालय सहयोगीका रुपमा काम गरेका थिए । पाँच वर्षअघि निजी विद्यालयको जागीर छोडेर भैँसीपालन शुरु गर्नुभएका उनले भैँसी खरिद बिक्रीसमेत गर्दै आएका छन् ।

प्रकाशित मिति: Feb 22, 2018

प्रतिक्रिया दिनुहोस्