Logo
१८ बैशाख २०८१, मंगलबार
(February 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इरानमा भएको विमान दुर्घटनामा ६६ जनाको मृत्यु

तेहरान : इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबहाक विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्सका सार्वजनिक सम्वन्ध निर्देशक मोहम्मद ताबाताबाइले जानकारी दिए ।

जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो । घटनास्थल यासुज देखि २३ किलोमिटर र राजधानी देखि ५०० किलोमिटर टाढा पर्दछ ।

“घटनास्थलमा खोजी गरिसकेपछि दुर्भाग्यबश हामीले कसैलाई पनि जिवित पाउन सकेनौं, हाम्रा सवै प्रियजनहरुको निधन भएको छ,” ताबाताबाइले भने । विमानमा एउटा बच्चा सहित ६० जना यात्रु थिए भने चालक दलका ६ जना रहेका अधिकारीहरुले जनाएका छन् । इरानको राष्ट्रिय आपत्कालिन सेवाले दुर्घटनामा परेकाको उद्धारकालागि घटनास्थलमा हेलिकोप्टर नै पठाएको थियो ।

“घटनास्थल पहाडी क्षेत्र भएकाले त्यहाँ एम्बुलेन्स पठाउने अवस्था छैन,” आपत्कालिन सेवाका प्रवक्ता मोज्ताबा खालेदीले भने । (रासस÷एएफपी)

प्रकाशित मिति: Feb 19, 2018

प्रतिक्रिया दिनुहोस्