Logo
५ जेष्ठ २०८१, शनिबार
(February 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री र सभामुख बाँड्दै फोरम-राजपाबीच प्रदेश सरकार बनाउने सहमती

काठमाडौं : प्रदेश नम्बर २ को सरकार बनाउन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी सहमत भएको छ । यी दुई दलबीच भएको बैठकमा मुख्यमन्त्री फोरमले र सभामुख राजपाले लिने सहमती भएको छ । फोरम नेता प्रदिप यादवका अनुसार काठमाडौं स्थित फ़ोरम नेपालको कार्यालय तिनकुनेमा बसेको दुई पार्टीको संयुक्त बैठकले उक्त शनिवार उक्त सहमती गरेको हो ।

फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले समझौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । समझौता पत्रमा सरकारबारे अन्य कुरा खुल्लाएको छैन । यसअघि राजपाले आलोपालो सरकारको कुरा गरेको थियो ।

फोरम नेपालले पाउने मन्त्रालयहरू :
१-मुख्यमन्त्री
२- उप सभामुख
३-आन्तरिक मामला (गृह) तथा कानुन मन्त्रालय
४-भुमि बयवस्था कृषी तथा सहकारी मन्त्रालय
५- अर्थ तथा योजना मन्त्रालय

राजपाले पाउने मन्त्रालयहरू :
१-सभामुख
२-भौतिक पुर्बाधार मन्त्रालय
३-उधोग पर्यटन,वन तथा बताबरण मन्त्रालय
४-समाजिक बिकाश मन्त्रालय

समझौता पत्र :

प्रकाशित मिति: Feb 10, 2018

प्रतिक्रिया दिनुहोस्