Logo
५ जेष्ठ २०८१, शनिबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आँउदै सलमान : भने- ‘स्वाग से स्वागत नहीं करोगे हमारा ?”

बलिउड अभिनेता सलमान खानले आफू नेपाल आउने जनाउँदै ट्वीट लेखेका छन् । ‘दबंग–द टूर’मा नेपाल आउन लागेका उनले बुधबार ट्वीट गर्दै भने, ‘नेपाल अब आपकी वारी, स्वाग से स्वागत नहीं करोगे हमारा ?’ सलमानको सांगीतिक कार्यक्रम फागुन २६ गते टुँडिखेलमा हुनेछ ।

हालै सार्वजनिक भएको फिल्म ‘टाइगर जिन्दा हे’ को गीत ‘स्वाग से करेंगे सबका स्वागत’लाई जोडेर उनले यस्तो लेखेका हुन् ।

‘दबंग द टूर’ नाम दिइएको यो कार्यक्रमका लागि सलमान फागुन २५ मा नेपाल आउँदै छन् । उनीसँगै बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर तथा फिल्म निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन लगायतका कलाकार नेपाल आउने भएका हुन् ।

प्रकाशित मिति: Feb 7, 2018

प्रतिक्रिया दिनुहोस्