Logo
५ जेष्ठ २०८१, शनिबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिद्धार्थ बैंकद्वारा आश्रमलाई २ लाख ११ हजार आर्थिक सहयोग

म्याग्दी : सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु दुई लाख ११ हजार आर्थिक सहयोग गरेको छ ।

बेनी शाखाको उद्घाटनका अवसरमा बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेल, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीलाई रु दुई लाख ११ हजार १११ को अक्षयकोष स्थापनाका लागि नगद हस्तान्तरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धवृद्धाको बसोबासलाई सहज बनाउने उद्देश्यले कोषको स्थापना गरेको बैंकका बेनी शाखा प्रमुख गणेश पाठकले बताए । प्राकृतिक उपचारस्थलका रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीको विभिन्न स्थानमा भेटिएका तातोपानीको मुहान र धाराहरूलाई संरक्षणका साथै व्यवस्थित गरिने भएको छ ।

प्राकृतिक उपचारस्थलका रूपमा स्वदेश तथा विदेशमा चर्चित तातोपानीमा मुख्य कुण्डका अतिरिक्त म्याग्दी नदीको किनारमा थप तीनवटा तातोपानीका मुहानहरू भेटिए पनि अलपत्र अवस्थामा रहेको समाचार गत मंसिरमा राससमार्फत विभिन्न सञ्चारमाध्यममा प्रकाशन-प्रसारण भएपछि स्थानीयवासीले विभिन्न स्रोत जुटाएर संरक्षण गरी व्यवस्थित गर्न लागेका हुन् । “तातोपानी गाउँको पहिचान हो, हामीले यहाँका स्रोतहरूको संरक्षणमा प्राथमिकता दिएका छौँ ।”

तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले भने । उनले छिमेकी मंगला गाउँपालिकाको बरंजातर्फ समेत तातोपानीका प्रशस्तै मुहान रहेका बताए । उनले भेटिएका तातोपानीका मुहानलाई संरक्षण गर्नाका साथै त्यहाँ धाराहरू बनाइएको जानकारी दिए ।

म्याग्दी खोला कटान र गहिराइसँगै उक्त स्थान वरपर फरक–फरक विशेषता र तातोपानी भएका मुहान भेटिन थालेपछि स्थानीयवासी समेत उत्साहित छन् । खोला नजिक रहेकाले बर्खाको समयमा मुहान पुरिने गरेका थिए । तातोपानी कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न आउन थालेपछि सार्क राष्ट्र र एशियाली मुलुकमा तातोपानीको व्यापक प्रचारप्रसार भइरहेको अध्यक्ष शाक्यले बताए ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्