Logo
२२ बैशाख २०८१, शनिबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीका लागि फोरम तम्तयार, राजपाका ६ नेता ६ तिर !

काठमाडौं : प्रदेश नम्बर २ को सरकार गठनका लागि सबै भन्दा ठुलो दल संघीय समाजवादी फोरमले सबै तयारी पुरा गरिसकेको छ । भने, अर्को घटक राष्ट्रिय जनता पार्टी नेपालका ६ जना नेता ६ तिर लागेका छन् । फोरमले प्रदेशसभाको बैठक लगतै संसदिय दलका नेता समेत चुनिसकेको छ भने उस्ले उपनेता, प्रमुख सचेतक, सचेतक चुन्ने प्रकृया थालिसकेको छ । सरकार बनाउने प्रकृयामा भाग लिनु पुर्व संसदिय दलका नेता समेत प्रमुख सचेत, सचेतक चुनीसक्नु पर्ने समान्य प्रावधान रहेको छ । फोरमले मो.लालबाबु राउतलाई संसदीय दलका नेता चुनेका छन् । यो संगै प्रदेश नम्बर २ मा पहिलो मुख्यमन्त्री मुस्लमान समुदायबाट हुने भएको छ ।

तर, राजपाले भने यसबारे यसबारे मौनता देखाएको छ । प्रदेशसभाको बैठक बस्नु पुर्व शनिवार राजपाले जनकपुरमा बैठक बसेर नेताहरुलाई अन्तरिम जिम्मेवारी दिएता पनि आइतबार भने पार्टीका ६ जना प्रमुख नेताहरु ६ तिर लागेका छन् । जनकपुरमा प्रदेससभा सदस्यहरु समेतको बैठक सकिए लगतै राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र यादव सर्लाहीतिर लागेका छन् ।

त्यस्तै, शरतसिंह भण्डारी महोत्तरी, अनिलकुमार झा रौतहट र राजकिसोर यादव सिराहा तिर लागेका छन् । तर अर्का सदस्य राजेन्द्र महतो भने धनुषामै छन् । ‘उहाँको निर्वाचन क्षेत्र नै धनुषा भएकोले होला उहाँ यही हुनुहुन्छ’ राजपाका एक जना प्रदेशसभा सदस्यले भने खोई प्रमुख नेताजीहरुलाई कुनै चासो छैन, नेता कस्लाई बनाउने हो रु उपनेता कस्लाई बनाउने हो ? सरकारको स्वरुप कस्तो हुने हो रु कसैलाई कुनै चासो छैन ।’

उनले भने ‘भलै बाहिरबाट हेर्दा राजपा होला तर यहाँ ६ ओटा राजनीतिक दल सबै नेताहरु आ–आफ्नै खेमा बनाउनमा ब्यस्त छन् ।’ अध्यक्ष मण्डलले निकै नै नियन्त्रण गर्न खोजेको आरोप लगाउदै उनले भने, ‘खासमा प्रदेससभा संसदिय दलका सदस्यहरु स्वयं हामि सक्षम छौं हामि आपसी सहमतीमा नै सबै जिम्मेवारी बाँडफाँड गर्नसक्छौं तर यहाँ प्रमुख नेताजीहरुले र्जवजस्ती हामिलाई आफ्नै नियन्त्रणमा राख्न चाहेका छन् ।

सहअध्यक्ष लक्ष्मणलाल कर्णले पार्टीको सबै बल अध्यक्ष मण्डल कोर्टमा रहेकोले आफूले केहि बोल्न नहुने बताए । ‘अव हामिले के बोल्ने र ? जव केन्द्रिय समिति वा पदाधिकारीको बैठक होला त्यसपछि आफ्ना कुरा राखौंला’ उनले भने ‘अहिले हाम्रा अध्यक्ष मण्डलका नेताहरुकै भरोसामा पुरै पार्टी चल्दैछ ।’

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले गठबन्धनमा भागबण्डा, सरकारको गठन अदिबारे फोरमसँग मंगलवार बैठक हुने बताए । ‘फोरमसँग औपचारिक रुपमा बैठक बसेपछि मात्र हामिले केहि तयारी थाल्नेछौं’ उनले भने ‘राजपाले के पाउने ? फोरमले के पाउने ? यी तमाम कुराहरु मिल्न बाँकी नै रहेको छ, अहिले नै कुनै हत्तार गर्नुको आवश्यक्ता छैन ।’ राजपा र फोरमबीच सरकारको भावी रणनीतिदेखि शक्तिसम्मको वाँडफाड पछि मात्र राजपाले संसदीय दलका नेता आदिबारे छलफल थाल्ने उनको भनाई छ ।

योपनि पढ्नुस् :

फोरम संसदीय दलको नेतामा लालबाबु राऊत निर्विरोध निर्वाचित

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्