Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वराजसंग ओलीको ४६ मिनेट एक्कल र २८ मिनेट संयुक्त भेटघाट

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच ‘वान टु वान’ छलफल भएको छ । होटल सोल्टीमा विदेशमन्त्री स्वराजका लागि एमाले अध्यक्ष ओलीले दिएको रात्रिभोजका क्रममा सुरुमा ४६ मिनेट एक्कल र त्यसपछि २८ मिनेट संयुक्त भेटघाट भएको हो ।

स्वराजसँग वान टु वान भेट गर्नुअघि ओलीले स्वराजसहित भारतबाट आएका टोलीसँग सामूहिक भेट गरेका थिए । भेटमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी पनि सहभागी थिए ।

सामूहिक भेटपछि ओली र स्वराज वान टु वान छलफलमा सहभागी भएका थिए । यस्तै, भारतबाट आएको टोलीसँग विष्णु रिमाल, राजन भट्टराई, विष्णु पौडेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली सहभागीले छलफल गरेका थिए । भेटपछि एमाले नेता ज्ञवालीले यो भेटघाटपछि धेरै असमझदारीका विषयहरु साफ भएको बताए ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्