Logo
५ जेष्ठ २०८१, शनिबार
(January 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व चिकित्सकलाई सजायपछि बोर्डका सबै पदाधिकारीद्वारा राजीनामा

जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई किशोरी खेलाडीहरूलाई यौन दुर्व्यवहार गरेकोमा ४० देखि १ सय ७५ वर्षको सजाय सुनाइएपछि संयुक्त राज्य अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने निर्णय गरेका छन् । ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै उनीहरुले राजीनामा दिने निर्णय गरेको बीबीसीले जनाएको छ ।

जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई किशोरी खेलाडीहरूलाई यौन दुर्व्यवहार गरेकोमा ४० देखि १ सय ७५ वर्षको सजाय सुनाइएपछि अमेरिकी ओलिम्पिक कमिटीले बोर्डका पदाधिकारीहरूलाई राजीनामा दिन ‘अल्टिमेटम’ दिएको थियो । ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले या त बोर्ड भंग गरिनुपर्ने वा उसले खेलकुद निकायको मान्यता गुमाउने चेतावनी दिएको थियो ।

उसले बोर्डलाई नयाँ जीवन दिन बुँदागत रुपमा नयाँ सुधारका कदम नचालेसम्म उक्त राष्ट्रिय खेलकुद निकायले जिम्न्यास्टिक सञ्चालन गर्ने अधिकार गुमाउने पनि उल्लेख गरेको थियो । यसका साथै यसै हप्ताको शुरुमा पूर्व ओलिम्पिक जिम्न्यास्टिक चिकित्सक नासरलाई किशोरी खेलाडीहरूलाई यौन दुर्व्वयहार गरेको आरोपमा १ सय ७५ वर्षसम्मको जेल सजाय सुनाइएको थियो । सो सजाय सुनाइनुअघि अदालतमा १ सय ५० जना भन्दा बढीले एकदमै भावावेगपूर्ण बयान अदालतसमक्ष दिएका थिए ।

१८ सदस्यीय अमेरिकी जिम्न्यास्टिक बोर्डका ५ जनाले राजीनामा दिइसकेका छन् । त्‍यसैगरी अब उक्त बोर्डका बाँकी पदाधिकारीहरूले पनि आफ्नो कार्यकाल नसकिदै पद छाड्ने भएका छन् । उक्त विवाद सतहमा आएपछि अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटिका दुई पदाधिकारीले राजीनामा दिएका छन् । ५४ वर्षका नासरले सन् १९९७ देखि २०१६ सम्म उक्त विश्वविद्यालयमा काम गरेका थिए । उनी सन् १९९६ देखि २०१४ सम्म अमेरिकी जिम्न्यास्टिक संघका चिकित्सक थिए ।

प्रकाशित मिति: Jan 27, 2018

प्रतिक्रिया दिनुहोस्