Logo
२३ बैशाख २०८१, आईतबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्षबाट उपत्यकाका हलहरुमा बक्स अफिस लागू गर्ने निर्णय

काठमाडौं : नयाँ वर्षबाट बक्स अफिस लागू गर्ने भएकोले चलचित्र विकास बोर्डको बुधबार बसेको बैठकले २०७५ साल वैशाख १ बाट प्ररीक्षणका रूपमा उपत्यकाका हलहरूबाट बक्स अफिस लागू गर्ने निर्णय गरेको छ ।

आगामी साउन १ बाट उपत्यकाका सबै र माघ १ गतेबाट देशभरका हलमा जडान गरिने बक्स अफिस मेनेजमेन्ट सिस्टमको परामर्शदाताबाट तयार भएको सफ्टवेयरले जनाएको छ। ई–टिकेटिङ जडान नभएका हलहरूमा चैत मसान्तभित्र जडान गरिसक्न पनि बोर्डले निर्देशन दिएको हो ।

चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र बोर्ड सदस्य नरेन्द्र महर्जन सदस्य रहेको समितिसहित बोर्डले बक्स अफिस लागू गर्ने निर्णण गरेको छ ।

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्