Logo
२३ बैशाख २०८१, आईतबार
(January 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्योतिमाथि चारैतिरबाट कडाइ गरिएपनि सबैलाई जिल्याइन्

पोखरा : ज्योति मगर आफ्ना विभिन्न  हर्कतले चर्चामा अइरहने गायिका हुन् । उनले स्टेजमा पर्फमेन्स दिँदा गर्ने अंग प्रदर्शन मात्र नभएर बोल्ने शब्द पनि जोे कोहीलाई सजिलै पचाउन गाह्रो हुन्छ । उनले गर्ने कार्यका कारण पोखरामा उनलाई जथाभावी नबोल्न र अंग प्रदर्शन नगर्न कडाइ गरिएको थियो । त्यसैले ज्योति पोखरा आउने कुरा थाहा पाएपछि प्रशासनले आयोजकहरूलाई सतर्कसमेत गराएको थियो अनि अंग प्रदर्शन नगर्ने सर्तमा उनलाई स्टेजमा पठाइयो । स्टेजमा उनी टोपी, ज्याकेट र कालो वानपिसमा देखिइन् ।

तर जब वातावरण तात्दै गयो त्यसपछि उनले आफ्नो ज्याकेट र टोपी फुकालिन् र वानपिसमा मात्र देखिइन् । ज्योतिको प्रस्तुतिमा लोकदोहोरी गायक प्रजापति पराजुलीले समेत साथ दिए । ज्योतिले निर्धक्क आफ्नो हट प्रस्तुति दिइन्, भन्नुपर्ने सबै कुराहरु पनि भनिन् । ज्योति मगरमाथि चारैतिरबाट कडाइ गरिए पनि उनले आफ्नो प्रस्तुतिबाट सबैलाई जिल्याइन् । उनीमाथि कडाइका साथ निगरानी राख्नेहरूले समेत आफू जिल्लिएको पत्तो पाएनन् ।

प्रकाशित मिति: Jan 25, 2018

प्रतिक्रिया दिनुहोस्