Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता नदिने प्रजिअ विरुद्ध अपहेलनामा मुद्दा दायर गरौं

नेपालको संविधानको धारा ११ (३) ले जन्मसिद्ध नागरिकहरुको सन्तानले बाबुआमा दुवै नेपालको नागरिक भए सन्तानले वंशजको नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था गरेको छ । यो एउटा बाध्यात्मक संवैधानिक व्यवस्था हो, तर पनि विभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुले जन्मसिद्ध नागरिकहरुको सन्तानलाई नियम कानून नबनेको भन्दै नागरिकता दिन इन्कार गरिरहेका छन् ।

धारा ११ (३) ले जन्मसिद्ध नगरिकको सन्तानलाई बाबुआमा नेपाली नागरिक भए वंशजको नाताले नागरिकता दिनु भनेर प्रष्ट उल्लेख गरेको छ, जसमा कुनै द्विविधाजनक भाषाको प्रयोग गरिएको छैन । यो प्रावधानमा यिनीहरुलाई कानूनबमोजिम वंशजको नागरिकता दिनु भनेर भनेको छैन र पनि विभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुले कानून बनेको छैन भनेर जन्मसिद्धका नागरिकहरुलाई नागरिकता दिन इन्कार गरिरहेका छन् ।

संविधानको यही प्रावधानको आधारमा प्रभातकुमार सान्तनु र साकार सिंहले दायर गरेको मुद्दामा अदालतले तिनीहरुलाई वंशजको नाताले नागरिकता दिनु भनेर परमादेश जारी गरेको अवस्था छ । वि. संं. २०७४ मंसिर ६ का दिन उच्च अदालत, जनकपुरले पनि प्रभातकुमार जयसवालको मुद्दामा जन्मसिद्ध नागरिकको सन्तानलाई नागरिकता दिनुभनेर परमादेशमात्रै जारी गरेन वरु यस्ता अवस्थाका अन्य नागरिकहरुलाई पनि नागरिकता निु भनेर आदेश गरेको छ ।

यसका वावजुद पनि प्रमुख जिल्ला अधिकारीहरुले संसदबाट कानून नबनेको आदि बहानामा यस्ता नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र दिन इन्कार गरिरहेका छन् । तर अब कुनै पनि बहानामा जन्मसिद्ध नागरिकको सन्तानलाई नागरिकताको प्रमाणपत्र दिनबाट इन्कार गर्नुभनेको अदालतको अपहेलना हो । यसकारण म जनसमुदायमा हार्दिक अपिल गर्दछु कि यदि तपाईहरु कोहीलाई यस्तो समस्या छ भने नागरिकता नदिने प्रमुुख जिल्ला अधिकारीका विरुद्ध अब अदालतको अपहेलनामा मुद्दा दायर गर्नुहोस् । (फेसबुकबाट)

प्रकाशित मिति: Jan 16, 2018

प्रतिक्रिया दिनुहोस्