Logo
७ जेष्ठ २०८१, सोमबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 उपत्यकामा मात्र एक सातामै १३ करोडको तरुल कारोबार

काठमाडौं : माघे संक्रान्ति नजिकिँदै जाँदा तरुलको व्यापार उच्च भएको छ । एक साताको अवधिमा उपत्यकामा मात्र करिब १३ करोड मूल्यबराबरको तरुलको व्यापार भएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार ६ दिनको अवधिमा (पुस २५ गतेदेखि ३० गतेसम्ममा) झण्डै १३ करोड मूल्यबराबरको करिब एक हजार टन विभिन्न प्रकारका तरुलको कारोबार हुने अनुमान गरिएको छ ।

‘गत वर्षभन्दा यो वर्ष दुई करोडभन्दा बढी मूल्यबराबरको कारोबार हुँदैछ’, महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अघिल्लो वर्ष केही सीमित बजारबाट १२ करोड मूल्यबराबरको तरुल बिक्री भएको थियो । तर, यो वर्ष बजार थपिएको छ । यो वर्ष थप एक करोड मूल्यबराबरको बढी कारोबार हुँदैछ।’

उनका अनुसार तरुलको मुख्य कारोबार हुने बजार सरकारी स्वामित्वको कालिमाटी तरकारी बजार हो। यो बजारमार्फत ६ दिनको अवधिमा नौ करोड ५० लाख मूल्यबराबरको साढे सात सय टनको हाराहारीमा तरुलको कारोबार हुने गर्छ । बाँकी बल्खु, बानेश्वर, तीनकुने, कोटेश्वर, बालाजुलगायत अन्य साना तरकारीबजारबाट तीन करोड ५० लाख मूल्यबराबरको दुई सय ५० टन तरुलको कारोबार हुन्छ । ‘व्यवसायीले बाहिरबाट ल्याएको सबै तरुल आइतबार साँझसम्म बिक्री हुन्छ’, अध्यक्ष घिमिरेले भने,‘सोमबार बिहान त फाट्टफुट्ट रूपमा मात्रै केही व्यवसायीसँग तरुल बाँकी हुन्छ।’

उनका अनुसार पछिल्लो ४/५ वर्षयता तरुलको व्यापार निकै फस्टाएको छ। पहिले नरुचाउने उपभोक्ता पनि स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले खान पल्केका छन् । यसले गर्दा कारोबार ह्वात्तै बढेको हो । उपत्यकामा हुने तरुलको कुल कारोबारमध्ये ९५ प्रतिशत स्वदेशी र पाँच प्रतिशत भारतको उत्तर प्रदेशबाट आयातीत तरुलको हिस्सा छ ।

प्रकाशित मिति: Jan 14, 2018

प्रतिक्रिया दिनुहोस्