Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

को हो पृथ्वीनारायण शाह ? म चिन्दीन र चिन्नैपर्छ भन्ने पनि छैन !

कुशुम भट्टराई

को हो पृथ्वीनारायण शाह ? म चिन्दीन । र चिन्नैपर्छ भन्ने पनि छैन । हु इज ही ? ड्याम केयर । मैले यसो भन्दा यदि कसैले मलाइ ‘नेपाली हैनस्’ भन्छ भने पनि बाल मतलब छैन । कसैको नजरमा म नेपाली हुनु र नहुनुले मेरो जीवनमा केही फरक पर्नेवाला छैन ।

बरु, मेरो जीवनमा यो देशमा गणतन्त्र हुनु र नहुनुले भने धेरै वर्षदेखि फरक पार्दै आएको थियो । राजतन्त्र हुँदा हामी नेपाली (निम्न बर्गीय बाहुन क्षेत्रीसमेत) शाह, ठकुरी र मल्ल, राणाहरुको शोषणमा परेकै हौं । अचेल कसैले कुनै समुदायलाई हेप्न सक्दैन । कसैको पहिचान र अधिकार खोस्न सक्दैन ।

नयाँ सँविधानले बल्ल मलाई नेपाली हुनुको गौरव दिलाएको छ, यो गौरव त्यो ‘बडामहाराजाधिराज’ भन्नेले दिलाएको हैन । मजस्ता नेपाली जनताले लामो सँघर्ष, बलीदान र क्रान्तिबाट प्राप्त गरेको हो । चेतनाभया । खेद के मात्र हो भने, फेसबुकको भित्तोमा आज दिनभर मित्रहरुले ‘मरेको सिनो दुर्गन्धित कि सुगन्धित ?’ भन्ने फालतु बहसमा समय खेर फाले । दुर्गन्धीत होस कि सुगन्धित, सिनो भनेको सिनो हो । या त त्यसलाई गाडनुपर्छ, या जलाउनुपर्छ । (फेसबुकबाट)

प्रकाशित मिति: Jan 11, 2018

प्रतिक्रिया दिनुहोस्