Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहुँचका आधारमा लापर्बाही भएको भन्दै कृषि विकास बैंकमा विवाद

दोलखा : दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा पौष २५ गते मंगलबार उपशाखा कृषि विकास बैंक लापर्बाही गरि सार्वजनिक भएको र उपशाखाका प्रबन्धक दीपक खतिवडालेपहुँचका आधारमा ऋणीलाई व्यवहार गरेको भन्दै साना ऋणीले दुखेसो पोखेका छन ।
राससको अनुसार, उनीहरुले ठूला ऋण लिएर ब्याजसमेत नतिरेको र साना ऋणीले एक÷दुई पटक ब्याज नतिर्दा पत्रिकामा नामावली सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका र दुई लाख ऋण लिएको तर एकपटक पनि ताकेताको पत्र नकाटी एक्कासी बैंकले राष्ट्रिय दैनिक पत्रिकामा नाम प्रकाशित गर्नुपर्छ भन्दै ऋणीसँग रु पाँच हजारको दरले रकम मागेको उनले बताएका छन ।

त्यसैगरी रु २५ लाख साँवा भएको र ब्याज तिर्न करिब रु पाँच लाख हुँदासमेत त्यस्ता व्यापारीले दबाब दिँदा उनीहरुको नाम पत्रिकामा प्रकाशित नगरिएको र नियमित कारोबार राम्रो छ भनी अर्को बैंकलाई पत्रसमेत दिएपछि ऋणीले गुनासो गरेका छन् ।

प्रबन्धक खतिवडाले नयाँ ऋण माग्न आएका भीमेश्वर नगरपालिका– ३ का तीलक थापाले सबै कागजात जुटाउन लगाएर घुस मागेपछि घुस दिन्नभन्दा आफूलाई ऋण नदिएको आरोप लगाए। उनले भने्“हामी सोजासिधा जनतालाई कि ऋण दिन सकिदैन भन्नुपथ्र्यो कि कागजात जुटाउन लगाएपछि ऋण दिनुपथ्र्यो ।”

अर्का व्यवसायी बिदुर बस्नेतले आफूलाई बैंकका प्रबन्धक खतिवडाले पूर्वाग्रही तरिकाले व्यवहार गरेको बताउँदै नाम पत्रिकामा ननिकाल्ने भए पैसा लाग्ने बताएको आरोप लगाए । यसैगरी स्थानीयले बैंकले नयाँ सेवाग्राहीलाई ऋण दिन्न भने पनि पहुँचका आधारमा ऋण लगानी गरेको आरोप लगाएका छन् ।

प्रबन्धक खतिवडाले बैंकले लगानी गरेको ऋण उठाउन सो कदम चालेको हो । उनले भने्, “कसको नाम निकाल्ने, कसको नाम ननिकाल्ने प्रबन्धकको अधिकारको कुरा हो ।” बैंकले ऋण नतिरेको भन्दै ६८ जना व्यवसायीको नाम राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछि ऋणीबीच विवाद बदेको छ ।

प्रकाशित मिति: Jan 9, 2018

प्रतिक्रिया दिनुहोस्