Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी पनि अपराधी हुन् : कानून हातमा लिनु अपराध नै हो

– कुसुम भट्टराई

विधिको शासन, कानूनी राज्य, मानवअधिकार, सर्वोच्च अदालतको मान, सँवैधानिक सर्वोच्चताको वकालत गर्न भन्दै डोनरहरुबाट डलर हसुर्दै आएका डलरमणिहरु पनि डा. केसीले विधि, शासन, पद्धती र सँबैधानिक सर्वोच्चता र अदालतको मानहानी गरीरहदा कतिपय मौन छन्, कतिपय केसीमाथि अन्याय भयो भन्दै माइतीघर मण्डलामा कुर्लीन थालेका छन् ।

कानूनको धज्जी उडाउने चाहे त्यो पकेटमार होस्, चाहे बलात्कारी होस् चाहे हत्यारा या कुनै सफेदपोश नै किन नहोस्, त्यो अपराधि नै हो । कानून हातमा लिनु अपराध हो । बस कुरो यत्ति हो । बाँकी कुरा गौण हुन । कानून हातमा लिन्छ भने त्यो कानूनकै बाउ किन नहोस्, त्यो फटाहा हो, बदमास हो, लुच्चा हो । हैन भने अब जसले जे गरे नी भो । अदालतको निर्णय मान्दीन भन्दै सडकमा उत्रिनु नै थियो भने उही कविला युगमा फर्किए भैहाल्यो ।

लोकतन्त्र, विधि, कानून, सँविधान, प्रकृया, पद्धती किन चाहियो ? जो ठूलो स्वरमा चिच्याउनसक्छ, जसले घुक्र्याउनसक्छ या जसले लिगलिगकोटमा झैं दौडिएर जित्नसक्छ, उसैले देश चलाए भैहाल्यो । हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा या स्थानिय निकायको चुनाव खारेज गरेर तिनै डा. केसीलाई कार्यकारी अधिकारसहितको राष्ट्रपति बनाउँ । उनले जे जे भन्छन्, प्रचण्ड, ओली र देउवाले त्यही मानून् । जनताले पालैपालो डा. केसीको ज्ुनाफमा दाम चढाएर मात्र विहान र बेलुकीको खाना खाउन् । उनलाई नै कबिलाको सरदार बनाउँ । यो साला लोकतन्त्र, गणतन्त्र, सँविधान, विधि, पद्धती सब भाँड मे जाए । चुनाव हारेपछि पनि चेत नखुलेका ति माइतीघर मण्डलामा उफ्रने सुकीला मुकीला डलरमणिहरुले खोजेको यही हो ? (फेसबुकबाट)

प्रकाशित मिति: Jan 9, 2018

प्रतिक्रिया दिनुहोस्