Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब यो राजमार्गबाट निस्किने छ बिजुली (भिडियो)

चीनले विश्वकै पहिलो सोलार राजमार्ग बनाएको छ । एक किलोमीटर लामो यो राजमार्गले बिजुली उत्पादन गर्नेछ । चिसो मौसममा पनि यो राजमार्गले यहाँ जम्ने हिउँलाई पनि पगालिदिनेछ । यसका अलावा आउने दिनमा यो राजमार्गले विद्युतीय सवारीसाधनको पनि चार्ज गर्नेछ । पुर्वी चीनको शेनडोन्ग प्रान्तको राजधानी जिनानमा बनेको यो राजमार्गको परीक्षणका लागि यातायातका साधन खुल्ला गरिएको छ ।

चीनको सीसीटीभी न्युजका अनुसार सोलर राजमार्ग तीन लेयरमा बनाइएको छ। यसमा ट्र्यासलूसन्ट कं‌क्रिट, सिलिकन प्यानल्स र इन्‍सुलेशनको लेयर रहेका छन् । यो राजमार्गबाट एकै वर्षमा १० मिलियन अर्थात १ करोड किलोवाट बिजुली उत्पादन हुनेछ । चिसोको मौसममा यसले जमेको हिउँ पगाल्न स्नो मेल्टिन्ग सिस्टम र सोलर स्ट्रिट लाइटलाई पनि बिजुली आपूर्ति गर्नेछ । चीनले भविष्यमा यसै राजमार्गमार्फत विद्युतीय सवारीसाधन चार्ज गरिनेछ । यसका लागि राजमार्गबाट निस्कने बिजुलीलाई चार्जिङ स्टेशनमा आपूर्ति गरिनेछ ।

भिडियो :

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्