Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मृतक महिलाको पारिवारलाई क्षतिपूर्तिको विषयमा तनाव

काभ्रे : बसको ठक्करबाट मृत्यु भएकी एक महिलाको पारिवारलाई दिने क्षतिपूर्तिको विषयलाई लिएर वीपी राजमार्गमा तनाव भएको छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास समेत प्रहार गरेको स्थानीय सञ्जय न्यौपानेले जानकारी दिए । राजमार्ग अवरोध गर्न खोज्ने पीडितका पक्षलाई प्रहरीले हटाउन खोज्दा स्थिति तनावपूर्ण भएको हो । प्रहरीले बल प्रयोग गरेर राजमार्गको अवरोध हटाएको छ ।

पुस १६ गते धुलिखेल नगरपालिका ११ मा बा. ३. ख ५९५५ नम्वरको सगरमाथा यातायात (अरनिको) को गाडीको ठक्करबाट घाइते भएकी नमोबुद्ध नगरपालिका १ कि ३७ बर्षीया फुलमाया तामाङको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको थियो । पुस १७ गते क्षतिपूर्तिको विषयमा जिल्ला प्रशासन कार्यलयमा भएको वार्ता नमिलेपछि पीडित पक्षले बिहानैदेखि राजमार्गको पात्लेखेत खण्डमा अवरोध गरेका थिए ।

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्