बढी तातो पानीले नुहाउदा यस्ता छन् बेफाइदा
जाडो महिनामा हामीमध्ये अधिकांशको बानी तातो पानीले नै नुहाउने हुन्छ । हल्का तातो पानीले नुहाउनाले शरीरलाई आराम मिल्नुका साथै फ्रेस फिल हुन्छ । यदि पानी बढी तातो छ भने यसले शरीरको तापक्रमसँग मिल्दैन भने समस्या उत्पन्न गर्न सक्छ । त्यसैले नुहाउने तातो पानी शरीरको तापक्रमसँग मिल्नु आवश्यक छ ।
स्ता छन् बढी तातो पानीले नुहाउनुका बेफाइदाः
छाला जल्न सक्छ पानी शरीरमा सबैभन्दा पहिले छालाको सम्पर्कमा आउँछ । त्यसैले पानी यदि ३२ डिग्री सेल्सियसभन्दा तातो हो भने तपाईको शरीर जल्न सक्छ । शरीरका अंगहरु आँखा, पिठ्युँ, अनुहार, र यौनाङ्ग संवेदनशील हुन्छन्, यदि यी अंगमा तातो पानी पर्ने हो भने यसले गम्भिर असर पर्न सक्छ ।
छालामा चाउरी पर्ने खतरा
तातो पानीमा नुहाउने गर्नाले छालामा चाँडै चाउरी पर्छ । युवावस्थामा यो त्यति नदेखिएपनि उमेर बढ्दै जान थालेपछि तातो पानीका लागि चाउरी बढी देखिँदै जान्छ ।
कपाल झर्ने समस्या
तातो पानीले नुहाउनाले कपाल झर्ने समस्या देखिन सक्छ । कपाल कमजोर र टुक्रिने समस्या बढ्छ । यसको कारण चाया पर्ने समस्या पनि देखा पर्न थाल्छ । यसले कपाल बढ्नलाई समेत रोक्छ ।
रिंगटा लाग्न सक्छ
तातो पानीले बाहिरी अंगलाई मात्र हैन भित्री अंगमा समेत असर पुर्याउँछ । यसको कारण तपाईलाई चक्कर आउने हुन्छ । तातो पानीले दिमागसँग जोडिएको नसामा रक्तसंचार प्रक्रियालाई समेत नकारात्मक असर पार्छ ।
शुक्रकिटलाई समेत असर
तातो पानीले शुक्रकिटलाई समेत प्रभावित गर्छ । यसले वीर्यको गुणलाई समेत खराब पार्छ र शुक्रकिट बन्ने संख्या घटबड हुन सक्छ । यसका साथै विभिन्न किसिमका यौन समस्या समेत निम्त्याउँछ ।