Logo
२ जेष्ठ २०८१, बुधबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतमा समेत गच्छदारले आफनो प्रभाव जमाउन खोज्यो : भगवती चौधरी

काठमाडौं । पुनः मतगणनाको माग गर्दे सर्वोच्च अदालत पुगेकी एमाले नेतृ भगवती चौधरीले आफ्ना प्रतिद्धन्द्धी बिजयकुमार गच्छदारले न्यालयमा समेत प्रभाव जमाउन खोजेका बताएकी छन् । ‘उहाँ उपप्रधानमन्त्री हुनुहुनछ र निकै प्रभावशाली नेता समेत सुन्दैछु उहाँले अदालतमा समेत आफनो प्रभाव जमाउन खोज्नु भएको छ’ चोधरीले भनिन् ‘तर मलाई विश्वास छ अदालतब्ँट मैले न्याय पाउनेछु ।’

उहाँ सरकारका प्रभावशाली मन्त्री भएकैकारण तत्कालिन मतगणनाबेलामा दाउपेच गरेर जितेको आरोप लगाउदै अदालतमा समेत जतिसुकै दाउपेच गर्न खोजिएपनि आफूलाई कुनै फरक नपर्ने बताइन । नागरिक टाइम्ससंगको विषेश कुराकानीमा चौधरीले अदालतमाथी आफ्नो पुरा भरोसा रहेको र सरकारी दाउपेचमा अदालत पर्नेछैन भन्ने विश्वासका साथ आफू अदालत पुगेको बताइन् ।

प्रतिनिधिसभा निर्वाचनमा आफ्ना प्रत्यासी उम्मेद्वारले षड्यन्त्र गरेर हराएको भन्दै नेकपा एमालेकी प्रत्यासी उम्मेदवार भगवती चौधरीले सर्वोच्च अदालत को संवैधानिक इजलासमा पुनः मतगणनाको माग गर्दै चौधरीले मुद्दा दायर गरेकी थिएन ।  सर्वोच्च अदालतले सुनसरी–३ को प्रतिनिधिसभा सदस्य चुनावको मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेस गर्न आदेश दिएको छ । वाम गठबन्धनकी उम्मेदवार चौधरीले दायर गरेको रिट निवेदनमाथि संवैधानिक इजलासले सुनुवाइ गर्दै मतपत्र, मतपेटिका र अरू कागजता पेस गर्न आदेश दिएको हो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले मतपत्रसहित कागजात ल्याउन आदेश दिएको छ । चुनावसम्बन्धी मुद्दा संवैधानिक इजलाशले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्चले निर्वाचित गच्छदारको शपथग्रहण रोक्ने कि नरोक्ने भन्नेबारे छलफल गर्न यही पुस २१ गते दुवै पक्षलाई बोलाएको छ ।

गएको मङ्सिर २१ गते भएको दोस्रो चरणको चुनावमा गच्छदारले ३८ हजार ९ सय ७२ र चौधरीले ३८ हजार ६ सय ५१ मत पाउनुभएको थियो । त्यस क्षेत्रमा एक सय २५ वटा मतपेटिका थिए । गच्छदारसँग चौधरीको ३२१ को झिनो मतान्तर छ । मतगणनाका क्रममा सुनसरी–३ मा विवाद भएको थियो ।

निर्वाचनमा नेपाली काँग्रेसका प्रत्यासी उम्मेदवार गच्छदारले प्रहरी प्रशासन र निर्वाचन आयोगका कर्मचारीलाई प्रभावमा पारेर आफूलाई हराएको भन्दै नेतृ चौधरीले गत साता सर्वोच्च अदालतमा पुनः मतगणनाको माग गर्दै रिट दायर गरेकी हुन् ।

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्