Logo
२७ बैशाख २०८१, बिहीबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः राष्ट्रपतिद्वारा राष्ट्रिय सभा अध्यादेश प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटे लगतै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।

यसअघि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवा कार्यसम्पादन समितिको बैठकलाई रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका थिए । राष्ट्रपतिसँग परामर्श गरेर उनी पुनः बैठकमै फर्किएका छन् । राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अध्यादेश गठन सम्वन्धमा परामर्श गर्न बोलाएकाले सभापति देउवा शितल निवास गएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए । कुराकानीका क्रममा प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई राष्ट्रिय सभासम्बन्धि अध्यादेश जारी गर्न आव्हान गरेका थिए ।

शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेबी भण्डारीबीचको भेटवार्तापछि राष्ट्रपतिले आजै अध्यादेश प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपतिका प्रेस संयोजक माधव शर्माले राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेपछि आफ्नो तर्फबाट गर्नुपर्ने जिम्मेवारी पूरा गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सहमति र सहकार्यका गर्दै सुझाव दिएको जानकारी दिए ।

राष्ट्रपतिले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी थिइन् । प्रधानमन्त्रीसँगको भेटबारे जानकारी दिँदै काँग्रेस नेता प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवि भण्डारीले आज नै सो अध्यादेश प्रमाणिकरण गरेर पठाउने जानकारी दिएको बताए । सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय प्रणालीको सट्टा बहुमतीय प्रणाली राख्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गर्दै आएको थियो । जसले लमो समय विवाद देखिएको थियो ।

 

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्