Logo
२६ बैशाख २०८१, बुधबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजपनि एमाले माओवादी एकता संयोजन समितिको बैठक नबस्ने

काठमाडौं : आज-भोली गर्दागर्दै एमाले माओवादीबीच भनिएको पार्टी एकता पक्रिया अझैपनि सुरु हुनसकेको छैन । एमाले–माओवादी केन्द्रबीच एकता संयोजन समितिको बैठक आजपनि नबस्ने सम्भावना बढेको छ । ‘नेताहरुको व्यस्तता हेर्दा आज एकता संयोजन समितिको बैठक बस्ने सम्भावना कम नै देखिन्छ’ माओवादी केन्द्रका एक नेताले भने, ‘समय निस्क्यो भने भरेसम्म होला । नभए संयोजन समितिको बैठक आज हुने सम्भावना कम छ ।’

बुधबार (१२ पुष) को ‘वन टु वन’ वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १–२ दिनभित्रै पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीपनि आज दिनभरिजस्तै व्यस्त छन् ।

उनी शुक्रबार विहान ११ बजे सोल्टी होटलमा सगरमाथा आरोहणसँग सम्बन्धित एउटा कार्यक्रममा सहभागी हुँदैछन् भने त्यसपछि पार्टी कार्यालयमा शहीद हरि नेपालको स्मृतिमा हुने कार्यक्रममा सहभागी हुनेछन् । माओवादी केन्द्रका अध्यक्ष आज समानुपातिकतर्फ प्रदेश सभाका सदस्यहरुको छनोटका लागि व्यस्त हुनेछन् । किनभने, समानुपातिकबाट प्रदेश सभामा पार्टीहरुको तर्फबाट छनोट भएका नामहरु पठाउने अन्तिम दिन आज नै हो । एमालेले चाहिँ हिजै स्थायी समितिको बैठकबाट नाम छनोट गरिसकेको छ ।

 

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्