Logo
११ श्रावण २०८१, शुक्रबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीकैजस्तो समानान्तर संरचना बनाउन सशस्त्रको लबिङ

काठमाडौं : अर्धसैनिक बल सशस्त्र प्रहरीले संघीय संरचनामा नेपाल प्रहरीकैजस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ । अर्धसैनिक बल भए पनि पटकपटक कार्यक्षेत्रबाहिर गएर विवादमा तानिएको सशस्त्रले प्रदेशस्तरमा प्रहरीझै संरचना स्थापना गर्न कार्यालय र दरबन्दी बढाउन तीव्र लबिङ गरिरहेको छ ।

नेपाल प्रहरीले शान्तिसुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी सम्हाल्दै आएको छ भने सशस्त्र बल सशस्त्र विद्रोह, सशस्त्र संघर्ष, आतंककारी गतिविधि, दंगा नियन्त्रण, सीमा सुरक्षा र उद्धारका लागि गठन गरिएको हो भन्दै नागरिक दैनिकमा खबर छ ।

संविधानमा प्रदेशस्तरमा प्रहरीको व्यवस्था गरे पनि नेपाली सेना सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको संरचना केन्द्रीकृत नै हुने व्यवस्था छ । गृहले प्रदेशस्तरमा सशस्त्रको प्रतिनिधित्वका लागि क्षेत्रीय संरचनाझैँ बाहिनी राख्ने संरचना बनाएको थियो ।

सो संरचनाअनुसार पाँच गुल्मलाई ७ बनाउने तयारी गरिएकोमा बलका उच्च अधिकारीले सात प्रदेशमा रहने बाहिनीको नेतृत्व डीआइजीको साटो एआइजीले गर्नुपर्ने लबिङ गरेका छन् ।

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्