Logo
२७ बैशाख २०८१, बिहीबार
(December 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाह पाइराख्नुस् : खाली खुट्टा हिड्नुका यस्ता छन् फाइदा

प्राकृतिक चिकित्साले बिहानको समयमा खाली खुट्टा हिड्न सल्लाह दिन्छ । पृथ्वीभित्र एक अद्भूत विद्युतीय शक्ति हुन्छ, जसले खाली खुट्टा हिड्ने व्यक्तिको शरीरमा ऊर्जा र ताजापन भरिदिन्छ । जसरी रुख–बिरुवालाई पृथ्वीबाट पोषण मिल्छ, त्यसरी नै खाली खुट्टा हिड्नाले पृथ्वीबाट मानिसलाई पनि रोगसँग लड्ने शक्ति तथा ऊर्जा प्राप्त हुन्छ ।

खाली खुट्टा हिड्नाले आँखासम्बन्धि रोगबाट पनि बच्न सकिने बताइन्छ । जब खुट्टा जमिनको सम्पर्कमा आउछ, शरीरले सकारात्मक इलेक्ट्रोनलाई आफूतिर तान्छ । इलेक्ट्रोनमा एक प्रभावकारी एन्टी–ओक्सिडेन्ट हुन्छ, जसले हाम्रो शरीरलाई स्वस्थ्य बनाइराख्न मद्दत गर्छ । जब हामी खाली खुट्टा जमिनमा हिड्छौ, तब शरीरमा कोर्टिसोल हर्मोनको स्तर कम हुँदैजान्छ । यो हर्मोनले तनाव बढाउने गर्छ, जसको सम्बन्ध बढ्दो उमेर र तौलसँग हुन्छ ।

हिजोआज हामी धेरै समय वाईफाई सिग्नल्स, स्मार्टफोन तथा ल्यापटप सिग्नल्ससँग बिताइरहेका हुन्छौ । यस्तो अवस्थामा जब हामी खाली खुट्टा जमिनमा हिड्छौँ, यस प्रकारका विद्युतीय प्रदूषणसँग सामना गर्न मद्दत मिल्छ र तनाव कम हुन्छ । खाली खुट्टा हिड्नाले शरीरमा रहेका तनाव बढाउने अन्य हर्मोन पनि कम हुन्छ, जसका कारण मिठो निन्द्रा लाग्छ । यदि तपाई पनि यसको लाभ लिन चाहानुहुन्छ भने बिहानको समयमा पार्क वा घरमा हिड्ने गर्नुहोस् । यदि तपाई दिनभरि कुर्सीमा बसेर काम गर्नुहुन्छ भने बीच–बचीमा जमिनमा खुट्टा राख्ने गर्नुहोस् ।

प्रकाशित मिति: Dec 16, 2017

प्रतिक्रिया दिनुहोस्