Logo
७ जेष्ठ २०८१, सोमबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्याप्टेन लामाले भने : राष्ट्रको चौथो अङ्ग भएर पनि यस्तो काम गर्ने ?

काठमाडौं । नेपाल वायु सेवा निगमका बरिष्ठ पाइलट विजय लामाले केहि दिन अगाडि हुम्लाको सिमिकोट विमानस्थलमा भएको तारा एयरको विमान दुर्घटनामा आफ्नो तस्वीर राखेर एक अनलाइनमा समाचार प्रकाशित गरेकोप्रति आपत्ति ब्यक्त गरेका छन् । राज्यको चौथो अङ्गले प्रकाशित गरेको समाचारले आफ्नो परिवार र आफूलाई मानसिक तनाव दिएको भन्दै उनले यस्ता समाचार प्रकाशन गर्नेमाथि कडा कारवाहि हुनुपर्ने माग गरेका छन् ।

उक्त अनलाइनले लेखेको समाचारको विषयमा आफ्नो फेसबुक पेजमा कारवाहीको माग गर्दै क्याप्टेन विजय लामाले यसो भनेका छन् :-

केहि दिन अगाडि तारा एर को सिमिकोट मा भएको दुर्घटना ले मेरो परिवार, साथीहरु र सुभ चिन्तक हरुमा कोलाहल नै मच्चाइ दियो यसरी मेरो तस्बिर गलत तरिका ले प्रयोग गरेर!

मुम्बाइमा थिए त्यस बेला मेरो बाबा (बाउ) सङ र त्यही कारण मेरो मोबाइल अफ भएको ले मलाइ सम्पर्क गर्न नसक्दा झन अत्तालिए सबै जना!

समाचार सम्प्रेसण गर्दा यसरी कसैलाइ पनि मानसिक तनाब दिने काम राम्रो हैन! यस्तो अनुचित र गैर जिम्मेवारी काम गर्ने जो कोइ लाई सरकार ले कडा भन्दा कडा कार्बाही गर्नु पर्छ!

रास्ट्र को चौथो अङ भएर पनि यस्तो काम गर्ने?

This is absurd…how can media be so irresponsible..how can you all use my pictures like this?

Hello guys I don’t fly twin otters anymore, I fly A320…

Law suit is coming your way soon!

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्