Logo
८ जेष्ठ २०८१, मंगलबार
(November 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निधिलाई महतोको जवाफ- “हो म मगन्ते हू, अधिकार माग्दै छु”

जनकपुर : नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले धनुषा -३ का आफ्ना प्रतिद्वन्द्वी राजपा नेता राजेन्द्र महतोलाई मगन्ते भनेपछि अब महतोले त्यसको जवाफ फर्काएका छन् । जनकपुरको जिरो माईलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा राजपा नेता राजेन्द्र महतोले कडा जवाफ दिंदै भने- हो, म मगन्ते हु, मधेशी जनताको अधिकार माग्दैछु ।

काग्रेस नेता बिमलेन्द्र निधिले काठमाण्डौबाट जनकपुर फर्के पछि आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा महतोलाई मगन्ते भिखारी भन्दै उनलाई भिख दिएर फिर्ता पठाउन जनकपुरवासीसंग अपिल गरेका थिए । निधिको यसै विवादास्पद भाषणको जवाफ फर्काउदै महतोले आफु जनकपुर आएर मात्रै मगन्ते नभएको बताए । उनले भने ‘मैले राजनीतिको शुरुआतनै अधिकार माग्ने मगन्ते जस्तै गरे ।’

‘देशको शोषित, पिडित, सिमान्तकृत जनताको अधिकार माग्नेलाई यदि मगन्ते भनिन्छ भने हो म मगन्ते हो ।’ महतोले निधिलाई सामन्ती प्रवृतिको बताउंदै भने- ‘म मधेशीको अधिकारको लागि पहिले पनि संघर्षरत थिए आज पनि छु र मधेशी जनतालाई अधिकार सम्पन्न नबनाए सम्म मेरो यो संघर्ष जारि रहने छ ।’ निधिलाई जवाफ फर्काउदै महतोले थपे  ‘अधिकारको लागि मेरो संघर्षलाई यदि कसैले मगन्ते भन्छ भने मलाई कुनै आपत्ति छैन ।’

महतोलाई भिख दिएर पठाउने बिमलेन्द्र निधिको अभिव्यक्तिबारे टिप्पणी गर्दै उनले जनकपुरवासीले भिखको सट्टा भोट दिने बताए । महतोले थपे- ‘मलाई जनकपुरको जनता माथि पूर्ण विश्वास छ । यहाँको जनताले सामन्तवादी सोच भएका नेता लाई यसपाली ब्यालेटको माध्यमले जवाफ फर्काउने छन् ।’

प्रकाशित मिति: Nov 30, 2017

प्रतिक्रिया दिनुहोस्