Logo
२३ बैशाख २०८१, आईतबार
(November 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डलाई हृदयविदारक चिठी : ‘म पनि तपाईं जस्तै छोरा गुमाएका एकजना पिता हुँ’!

प्रचण्ड जी
नमस्कार !
प्रसव वेदनाको पिडा नारीलाई मात्रै थाहा हुन्छ पुरुषले त अनुमान मात्रै लगाउने हो, आज तपाईलाई हजारौं लाखौंले समवेदना प्रकट गर्दैछ त्यो मात्रै अनुमानित पिडा महसुस गरेर हो तर स्वयम् झेलेकोलाई थाहा हुन्छ त्यो तपाईंको गहिरो पिडाको पिंध कहाँसम्म हुन्छ भनेर । हो म पनि तपाईं जस्तै लक्का जवान छोरा एक बर्ष अगाडि मात्रै आफ्नो आँखै अगाडि गुमाएको एकजना दुखी पिता हुँ, मैले भोगेको छु मैले झेलेको छु संसार फनफनी घुम्छ,चक्कर लाग्छ,शरीर पुरै सिथिल हुन्छ कसैले दिएको सान्त्वनाहरु फिक्का लाग्छ आँखा बाट आँसु रोकिन्छ बोली फुट्दैन हतप्रभव हुन्छ जब एक्लै हुन्छ आँसु रोक्न सक्दैन दैनिक घरमा भएको उनले प्रयोगमा ल्याएको प्रत्येक वस्तु हरुले झझल्को दिन थाल्छ ।

मोहन लामा रुम्वा

पुत्र बियोग नभोगेका स्टमित्र साथीहरूले वरिपरि घेरेर दिने औपचारिक सान्त्वना एकछिन समय कटाउने गफ जस्तो मात्रै हुन्छ, म पनि यस्तै बिच्छिप्त अवस्थामा थिएँ घटना भएको हप्ता दिन जस्तो मात्रै भएको थियो होला एकदिन बिदेश बाट फोन आयो मैले फोन उठाएँ म तपाईंको फेसबुक मित्र Razan Khanal हुँ तपाईंको following हुँ भन्दै परिचय दियो त्यसपछि आफ्नो वेदना पोखाउन सुरु गर्‍यो, दाजु मेरो छोरा पनि मेरो आँखै अगाडि नयाँ बसपार्क निर बोर्डिङ जान लिएर जाँदा बाटो क्रस गर्ने क्रममा गाडीले…spot death भयो,दाजु म लामो समयसम्म बिच्छिप्त मानसिकता बोकेर हिंडे, अहिले बिदेशमा छु अझैसम्म त्यो घटना पिडाको घाउ आल्है छ जतिबेला पनि झझल्को आउँछ तपाईंलाई पनि मलाई जस्तै भएछ है भन्दै डाँको छोडेर रुए ।

मलाई अलिकति कताकता हल्का महसुस भयो हजारौंले दिएको सान्त्वना भन्दा स्वयं भुक्तभोगीले दिएको सान्त्वनाले मन छुँदा रहेछ फ़ेरि एकदिन युवराज अधिकारी दाजु आउनु भयो उहाँको क्याम्पस पढ्दै गरेको छोरा गैंडाले हानेर मारेको थियो, दाजुले भन्नुभयो हेर मोहन यो पुत्र बियोग अब हामीलाई जिबन भरिलाई पुग्यो कसैको छोराको बिबाहमा जाँदा कसैको छोराले कुनै उपलब्धि गरेको खबर पाउँदा मेरो छोरा पनि भएको भए भन्ने सधैं भरिलाई हुन्छ हामीले सक्ने भनेको रुने हो रुँदा रुँदै आँखा बाट आँसु नै निख्र्यो ! त्यसैले कसैले सम्हालेर हुने होइन हामी जस्तै साथीहरू हेरेर सम्हालिनु भन्नु भयो त्यसैगरी आजसम्म भित्री पिडा लुकाएर संसारिक दुनियाँमा बाँच्ने गरेको छु।

प्रचण्ड ज्यु, तपाईं म भन्दा ओहदामा धेरै ठूलो मान्छे हुनुहुन्छ तर पिडा पनि ठुलो सानु पक्कै हुदैन होला तपाई पलपल तड्पिनु भएको छ कस्तो गहिरो पिडा हुन्छ हगी ? शब्दमा व्यक्त गर्न नसकिने देखाउन नमिल्ने चुँडाएर फाल्न नसकिने ढाँट्न छल्न नसकिने रोक्न छेक्न पेल्न नसकिने गर्‍हुँगो भारी भएको छ होइन ? 

हो यही पीडामा तपाईंको एक आदेशमा कयौं मातापिताको कोख खाली भयो त्यसको अव्यक्त मापन पक्कै पाउनु भयो होला भन्ने मलाई लागेको छ, त्यसैले गोरखा जिल्लाको यो भाई मेरो यहाँको स्थानीय टाँडी बजारमा भर्खरै slc दिएर चितवनमा हजुरआमाको घरमा आउँदा बिना कसुर निर्मम पुर्वक मारियो तपाईंको लडाकुले, सोंच्नु होस् त एकपटक कति पिडा भए होला उनको आमा बुबालाई ?

यो एउटा सोंच्ने सम्झिने महसुस गर्ने तपाईंलाई अवसर पनि हो अझै सोंच्नुहोस जिबन कर्कलोको सितको थोपा जस्तै हो कोही कसैको तिथि मिति छैन आखिर खरानी नै हुने हो अत सकिन्छ भोलि तपाईंको सन्ततिले पुष्प कमल दाहाल भनेर गर्ववोध गर्ने सारा नेपालीले न्याय पाएको महसुस गर्ने ऐतिहासिक निर्णय गर्नुहोस् किनभने अझैसम्म मुलुकको चावी तपाईंको नै हातमा छ जो जति बाहिर उफ्रे पनि निर्णायक स्थानमा तपाईं हुनुहुन्छ, लिनुहोस निर्णय ऐतिहासिक दुरगामी प्रभाव छोड्ने खालको मार्नोस एकपटक फ़ेरि छलाङ दीर्घकालीन रूपमा प्रभाव पार्ने खालको भन्ने आग्रह गर्दै तपाईं अनि तपाईंको परिवारमा हार्दिक समबेदना टक्राउछु ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया,
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुख भागभवेत।
ऊँ शांतिः शांतिः शांतिः

@मोहन लामा रुम्वाले प्रचण्डलाई लेखेको हृदयविदारक चिठी फेसबुकमा पोष्ट गर्नु भएको छ ।

प्रकाशित मिति: Nov 22, 2017

प्रतिक्रिया दिनुहोस्