Logo
१२ श्रावण २०८१, शनिबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंको विभिन्न स्थानबाट नक्कली सर्टिफिकेट बनाउने गिरोह पक्राउ

काठमाडौं : प्रहरीेले नक्कली सर्टिफिकेट बनाउने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीका रुद्र मोक्तान, ताप्लेजुङका भुवानीप्रसाद भट्टराई, कालिकोटका विशालजंग शाही र सुरेश शाही, सुनसरीका अभय पोखरेल, काठमाडौंका अनिल श्रेष्ठ, सन्तोषकुमार तिवारी र काभ्रेका देवराज तामाङ रहेका छन ।

महानगरीय अपराध महाशाखा, टेकुले मंगलबार पत्रकार सम्मेलन गरी नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न ८ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई सोमबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा, टेकुका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

नक्कली सर्टिफिकेट बनाउने गिरोहहरुको साथबाट प्रहरीले प्लस टुको माईग्रेशन सर्टिफिकेट १ थान, एसएलसीको सर्टिफिकेट १ थान, विएडको मार्कसिट एक थान, नेपाली नागरिकता ६ थान पनि बरामद गरेको छ । गिरोहहरुले सर्टिफिकेट बनाउने भन्दै करिव ४ लाख ३७ हजार भन्दा बढि रकम विभिन्न व्यक्तिहरुबाट लिएको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्